३० माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्लाको होटल व्यवसायमा थपियो बेन्जु

२८ चैत्र २०७२, आईतवार ०२:५९

banjuपर्वत, पर्वतले पर्यटकीय क्षेत्रको नामबाट चर्चा बटुल्दै गर्दा जिल्लामा एक आधुनिक र सुविधा सम्पन्न होटल थपिएको छ । जिल्लाको सदरमुकाम कुश्मामा नयाँ वर्षको शुभारम्भसँगै संचालनमा आउने होटल हो बेन्जु प्रालि. । पर्वत झोलुङगे पुलको जिल्ला भनी चिनिदैछ । आन्तरिक र बाह्य पर्यटकको आगमन तीव्र बन्दै जाँदा व्यवस्थित र आरामदायी होटलको खाँचो जिल्लामा देखा पर्दै गरेको थियो ।

पर्यटकलाई बढी भन्दा बढी सेवा र सन्तुष्टि दिने उद्देश्यले बेन्जुको भौतिक संरचना निर्माण र अन्य सेवासुविधाको व्यवस्था गरिएको संचालकको भनाई छ । संचालक विषम कुमार श्रेष्ठ भन्छन्– ‘होटलबाट तत्कालको लाभ नहेरी पर्यटकको सेवासुविधालाई प्राथमिकतामा राखिएको छ । जिल्लाको पर्यटन प्रवद्र्धनमा सानो भएपनि टेवा पुगोस् भन्ने मेरा चाहना हो ।’ नव वर्षको अवसर पारी संचालनमा ल्याउन थालिएको होटलको लागत ठुलो छ । होटल निर्माण गरेर संचालनमा आउदासम्मको कुल खर्च ९ करोड रहेको संचालक श्रेष्ठले बताए । उनका अनुसार भवनको संरचना निर्माणमा ३ करोड खर्चिएको छ भने होटलले ओगटेको जग्गाको मूल्य ६ करोड मूल्यांन गरिएको हो ।

होटलले करीव दुई रोपनी जग्गा ओगटेको बताईएको छ । पर्यटकको आरामदायी बसाईका लागि भनी २६ एट्याच बाथरुप सहितका कोठा, ६ वटा एसी जडान गरिएको छ । सुन्दर र आकर्षक कोठाहरुमा एक रात विताए वापत पाहुनाहरुले १ हजार देखि १५ सयसम्म खर्चिनुपर्ने प्रालीका संचालक श्रेष्ठले जानकारी दिए । होटलको साजसज्जा उत्कृष्ट छ भने होटल अगाडिको भागमा पार्किङको सुविधा छ भने दुई वटा ५० जना रहन सक्ने मिटिङ हल र २ सय ५० जनासम्म बसेर कार्यक्रम संचालन गर्न सकिने सेमिनार तथा पार्टी प्यालेस हुनु अर्को सुविधा हो । सदरमुकाम बजार क्षेत्रमा होटल अवस्थित भएपनि बाटोदेखि केही भित्र हुनाले पाहुनाहरुले शान्त वातावरण पाउन सक्नेछन् ।

होटलको सेवासुविधाका बारेमा केही भन्नु पर्दा संचालक श्रेष्ठ भन्छन् –‘पर्वत पर्यटकीय गन्तव्य स्थानका रुपमा स्थापित हुदै गएका बेलामा यहाँ उत्कृष्ट होटल सेवाको कमीका कारण जिल्लामा भित्रिने पर्यटकहरु बाग्लुङ वा पोखरा बस्नको लागि फर्किनुपर्ने बाध्यताको अन्त्य होस् भन्ने मेरो पहिलो चाहना हो । पाहुनाको खुशी र सुखका लागि मैले मिहिनेत गर्नमा कुनै कसर बाँकी राखे जस्तो लाग्दैन ।’

जिल्लामा होटलहरु धेरै भएता पनि पर्यटकहरुको रोजाईको हुन नसकेका कारण आफुले बेन्जु प्रालिको संचालन गर्न लागेको र पर्यटकको रोजाईको होटल बन्नेमा आफ्ु विश्वस्त रहेको उनले दावी समेत गरे । होटल संचालनमा आएपछि जिल्लामा भएका तीन अग्ला पुल तथा गुफाको अबलोकन, बाग्लुङको कालिका मन्दिर र म्याग्दीको गलेश्वरसम्मको एउटा विशेष खालको पर्यटकको लागि “वान डे” प्याकेजको व्यवस्था समेत गरिने श्रेष्ठको भनाई छ । आधुनिक होटलले पुराउन सक्ने सवैखाले सेवा आफ्ना पाहुनाहरुलाई उपलव्ध गराउने लक्ष्य राखेको होटल बेन्जुले फ्रि वाईफाई लगायतको संचारसेवा समेत दिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान