Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालको लागि थन्कियो

२०७५, ३ जेष्ठ बिहीबार ०८:०२

अजयकुमार साह/जेठ ३ धनुषा | नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरबाट अयोध्या पठाएको नेपाल–भारत मैत्री बस सेवा अनिश्चितकालका लागि थन्किएको छ । 

दुवै देशका प्रधानमन्त्रीले तामझामका साथ शुभारम्भ गर्नुभएको सिधा बस सेवा एक पटक सञ्चालन भएर रोकिएपछि स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले सस्तो लोकप्रियताका लागि मात्र बस सेवा सञ्चालन गरेको आरोप लगाएका छन् । मोदीको भ्रमणको मौका पारेर बिनातयारी उद्घाटन गरिएको बस सेवा नियमित सञ्चालन हुन कम्तीमा ६ महिना लाग्ने सरकारी अधिकारीहरुले बताएका छन् । 

गत वैशाख २८ गते जनकपुरमा जानकी मन्दिर परिसरमा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किट र जनकपुर–अयोध्या सिधा बस सेवा शुभारम्भ गर्नुभएको थियो । 

प्रदेश सरकारका आन्तरिक मामिला राज्यमन्त्री सरोज सिंह कुशवाह र जनकपुर उपमहानगरपालिकाकी उपप्रमुख रीताकुमारी मिश्रसहित ३४ यात्रु लिएर गएको बस अयोध्या पुगेर आइतबार फर्किएपछि हाललाई अनिश्चितकालका लागि सेवा बन्द गरिएको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलका अनुसार रामायण सर्किट भनिएको धार्मिक पर्यटन मार्ग जोड्नका लागि रुट तय गर्नुपर्ने भएकाले अहिले बस सेवा रोकिएको हो । मन्त्रालयले बस सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काल जनकपुर अयोध्या सिधा बस नियमित सञ्चालन हुन नसक्ने जनाएको छ । 

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव केशव शर्माले जनकपुरदेखि अयोध्यासम्मको रुट, बस भाडा, रोकिने स्थललगायत प्राविधिक पक्षमा सहमतिपछि नियमित बस सञ्चालन गर्नुपर्ने भएकाले दुवै देशको संयुक्त बैठक छिट्टै बसेर निर्णय गर्ने शर्माले जानकारी दिनुभयो । बस सेवा रामायण सर्किट हुँदै सञ्चालन गर्नुपर्ने भएकाले पनि रुट तय गर्न संयुक्त कमिटी बैठक बस्न लागेको बताइएको छ । रामायण सर्किटमा कुन–कुन स्थल जोडिने भन्ने तय हुन अहिले बाँकी नै छ । सीताको जन्मस्थल जनकपुर, रामले धनुष भाँचेको धनुषाधाम, वाल्मीकि आश्रम त्रिवेणीलाई रामायण सर्किटमा जोड्ने बताइएको भए निश्चित हुन बाँकी छ । 

दुवै देशका प्रधानमन्त्रीबीच भेट हुने अवसर विरलै आउने भएकाले मोदीको भ्रमणका क्रममा सांकेतिक रुपमा बससेवा सञ्चालन गरिएको मन्त्रालयलले जनाएको छ । राम र सीताको चरण परेका स्थललाई जोड्ने क्रममा भारतको सीतामढी भएर अयोध्याका लागि बस सेवा सञ्चालन हुनेछ । सीतामढी हुँदै अयोध्या पुग्न करीब १२ घण्टा लाग्छ । जनकपुरबाट अयोध्याको दूरी ५४४ किलोमिटर छ । पहिलोपटक जनकपुरबाट अयोध्या गएको बसको यात्री बनेर फर्किनुभएकी जनकपुरकी उपप्रमुख मिश्रले आफूहरु भिट्टामोड हुँदै भारतीय राजमार्गबाट अयोध्या पुगेको बताउनुभयो । उहाँले करीब १० घण्टाको यात्रापश्चात् जनकपुरबाट अयोध्या पुगेको थियो । 

प्रदेश नं २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बसको रुट, भाडा र बस चलाउने कम्पनी सहितका निर्णय केन्द्र सरकारले गर्ने भएकाले कहिलेबाट नियमित सञ्चालन हुने अहिले केही भन्न नसकिने बताउनुभयो । 

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार बसको भाडा, रोकिने स्थल, बस सेवा नेपाली वा भारत कुन कम्पनीले सञ्चालन गर्ने लगायतका निर्णय हुनुपर्दछ । सम्भवतः हाल काठमाडौँ दिल्ली चलिरहेको बस से बमोजिम नै जनकपुर अयोध्या बस सेवा सञ्चालन हुने सम्भावना रहे पनि त्यसका लागि केही महिना कुर्नुपर्ने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली