Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पतंजली योग समितिलाई दुई कठ्ठा जग्गा दिने साह मेमोरियल ट्रष्टको घोषणा

२०७५, ४ जेष्ठ शुक्रबार १०:२३

राम नारायण पंडित/जेष्ठ ४, सिरहा। मिर्चैयामा रहेको रामभरोस साह मेमोरियल ट्रष्टले पतंजली योग समिति नेपालले नगर योग समिति मिर्चैयाको भवन निर्माणका लागि २ कठ्ठा जग्गा दिने घोषणा गरेको छ । 

विहिबार ट्रष्टका अध्यक्ष समाजसेवी राम प्रताप साह (भोला) ले भवन निर्माणका लागि मिर्चैया नगरपालिका बडा नं. ८ मा २ कठ्ठा जग्गा उपलब्ध गराउने उदघोष गरेका हुन् । समाजसेवी साहले नगर योग समितिको भवन निर्माणका लागि १ लाख १ हजार रुपैया समेत सहयोग गर्ने बताएका छन् । जग्गाको अन्दाजी मोल करीब ३० लाख रहेको बताईएको छ ।


नगर योग समिति मिर्चैयाका अध्यक्ष अकलदेब सिंहको अध्यक्षतामा भएको कार्यक्रममा पतंजली योग समिति नेपाल प्रदेश नं. २ का प्रमुख हरिहर चौधरीले प्रमखु अतिथिको रुपमा उपस्थित भई जग्गादाता साहलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

भवन असार ७ गते शिलान्यस गरि एक बर्षमा निर्माण पुरा गर्ने लक्ष्य रहेको योग समिति मिर्चैयाले जनाएको छ ।

कार्यक्रममा योग समिति सिरहाका उपाध्यक्ष श्याम मण्डल, मिर्चैया नगर योग समितिका उपाध्यक्ष भरत महासेठ, सदस्य किशोरी साह, सल्लाहकार प्रदिप कुमार तिवारी, सिकिया यादब र जिल्ला उद्योग बाणिज्य संघ सिरहाका उपाध्यक्ष अशोक कुमार साह लगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली