२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रजनन स्वाथ्यको लक्ष्य अनुसार प्रगती हुन सकेन वर्षेनी प्रयोग दर घटदै

२९ चैत्र २०७२, सोमबार ०२:४५

hospital महेन्द्र जिसी, पर्वत,  विगत चार वर्ष देखी पर्वतका सञ्चालित प्रजनन स्वाथ्य कार्यक्रमको लक्ष्य अनुसार प्रगती हुन सकेको छैन । कार्यलयको व्यवस्थापन र निजी किल्नीकको प्रभावका कारण लक्ष्य अुनसारको प्रगती हुन नसकेको हो ।  जिल्लाका ५५ स्वास्थ्य संस्थाबाट सञ्चालित कार्यक्रमको लक्ष्य अनुसार प्रगती   नभएको हो ।

जिल्ला जनस्वाथ्य कार्यलय पर्वतका अनुसार  विगतका वर्षहरुमा  ५० प्रतिशत मात्र लक्ष्य पुर्ती गर्न सकीएको छ  ।  आर्थिक वर्ष ०७२÷०७३ मा गर्भ निरोधका अस्थाई साधनको उपयोगमा समेत कमी आएको हो । कार्यलयको तथ्याङ्क अनुसार  जिल्ला भर ९  हजार १४ जना मात्रले अस्थाई साधनको उपयोग गरेका छन । विभिन्न गाविसमा पुगेर कार्यलयले सञ्चालन गरेको बन्ध्याकरण शिवीरमा पनि यो वर्ष ४५ जनाले मात्र  भ्यासेक्टोमी सेवा लिएको  कार्यलयले जनाएको हो ।

कार्यलयका अनुसार अस्थाई साधनको उपयोगमा समेत कमी आएको छ  ।अहीले जिल्ला जनस्वाथ्य कार्यलय माताहातका स्वाथ्य संस्था मार्फत  पिल्स प्रयोग गर्ने ६ सय २५ जना , डिपो प्रयोग गर्ने एक हजार ४४ जना , त्यस्तै गरी अस्थाई साधनको रुपमा आईयुसीडी प्रयोग गर्ने  ५ सय ४६ जना  ईम्पलान्ट प्रयोगमा ल्याउने १ सय७४ जना पुगेका हुन । कार्यलयका अनुसार कण्डमको प्रयोग कर्तामा पनि हार्स आएको छ  गत वर्ष   ९ सय ४६ जनाले मात्र कण्डमको प्रयोग गरेका छन ।

कार्यक्रम संयोजक  विजय विकले   अघिल्लो वर्ष  नेपाल सरकारको लक्ष्यको  २६  प्रतिशत  मात्र  पुरा भएको हो भने यो  वर्ष पनि २७ प्रतिशत भन्दा माथी जान  नसकेको हो ।  नेपाल सरकारको लक्ष्य अनुसार  परिवार नियोजनको स्थाई तथा अस्थाई  साधनको उपयोगिता पर्वतमा घटेको छ । अस्पतालको वातावरण किसोर तथा युवा मैत्री हुन नसक्दा र ग्रामीण भेगमा समस्या खुलेर नआउने भएका कारण पनि अस्थाई साधनको उपयोगितामा कमी आएको कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त गृहमन्त्रीसँग केबुलकार विरोधी समूहले वार्ता नगर्ने , आन्दाेलन घाेषणा