2026-07-26 04:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अकोरावको प्रथम कर्णाली अधिवेशन, ‘समृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण’

जेठ ५, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समृद्धि र बिकासका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शनिबार सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)को पहिलो कर्णाली प्रदेशस्तरीय साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नागरिकलाई सूचनाको पहुँचमा पुर्याउन सामुदायिक रेडियोहरुको भूमिका चर्चा गर्दै कर्णाली प्रदेश भौगोलिक रुपमा पनि विटक भएकोले सञ्चारका अन्य माध्यमभन्दा रेडियो सरल र प्रभावकारी हुने बताए ।

कर्णालीमा अन्य सञ्चार माध्यमको तुलनामा रेडियोको प्रभावकारिता बढेको उनको भनाई छ । ‘भौगोलिक रुपमा विकट कर्णाली प्रदेशका नागरिकलाई रेडियोमात्र सरल रुपमा सूचना प्राप्त गर्ने माध्यम बनेको छ’ उनले भने, ‘विद्युतको अभावले सबै नागरिकहरु टेलिभिजनको पहुँमा पुग्न सकेका छैनन् भने पत्र पत्रिका र अन्य अनलाईनहरुको सर्वसुलभता छैन् ।’ त्यसैले हरेक नागरिकको सरज पहुँच रेडियोमा भएकोले रेडियोलाई विश्वसनीय बनाउनु पर्नेमा जोड दिए । ‘कतिपय रेडियोहरु प्रतिसोध साध्ने माध्यम बनेका छन्’ उनले भने, ‘एउटा समाचार अर्को सञ्चार माध्यमले खण्डन गर्ने प्रवृत्तीले नागरिहरुमा सञ्चार माध्यमप्रतिको विश्वास घटेको छ ।’ सञ्चार माध्यमलाई विश्वसनीय बनाउन उनले सुझाव दिए ।

एक महिना अघि मात्र कर्णाली सरकारले पारित गरेको चालु आर्थिक बर्षको निती तथा कार्यक्रममा कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने उल्लेख छ । उक्त निती तथा कार्यक्रम बमोजिम प्रदेश सरकारले बजेट पनि व्यवस्था गरेको भए पनि शनिबार प्रदेश सरकारका मुख्यमन्त्री शाहीले तत्काल डिजिटल प्रदेश सम्भव नभएको बताए । ‘गाउँका नागरिकहरु झरो (दियालो) बालेर बस्नु पर्ने अवस्थामा डिजिटल प्रदेश सम्भव छैन’ उनले भने, ‘त्यसका लागि पहिले घरघरमा विद्युतीकरण र सञ्चारका साधनहरुलाई प्रभावकारी बनाउन जरुरी छ ।’

संघीय सरकारका सरकारका  सुचना, सञ्चार तथा प्रविधी  राज्यमन्त्री गोकुल बास्कोटाले व्यवसायिक रेडियोहरुलाई करको दायरामा ल्याउनु पर्ने बताए । उनले नाफा कमाउने उद्देश्यले सञ्चालित व्यवसायिक रेडियो र सामाजिक सेवाका लागि खोलिएका सामुदायिक रेडियोहरुलाई एउटै सुविधा दिन नहुने बताए । ‘व्यवसायिक रेडियोहरु नाफा कमाउनकै लागि स्थापना गरिएका हुन्’ उनले भने, ‘अलिकती पनि सेवाभावको भावना नभएका सञ्चार माध्यमलाई सरकारले सुविधा किन दिने ?’ राज्यमन्त्री बास्कोटाको प्रश्न छ ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक बिकास मन्त्री दल रावल, भौतिक पूर्वाधार बिकास मन्त्री खड्क खत्री लगायतका मन्त्री तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य खगेन्द्र भट्टराई, प्रेस चौतारी नेपालका कर्णाली प्रदेश इन्चार्ज वीरबहादुर गिरी, प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश इन्चार्ज धुव्रविक्रम बुढाथोकीलगायतले सामुदायिक रेडियोको बिकासका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

नौ बुँदे घोषणा पत्र जारी

सामुदायिक रेडियो प्रसारक संघको स्थानीय सरकार र प्रदेश सरकारसँग साझेदारी तथा सहकार्य गर्न कर्णालीका सामुदायिक रेडियो आब्ह्रान गर्ने, कर्णाली प्रदेशका सामुदायिक रेडियो र रेडियोकर्मीहरुका सबै प्रकारका क्षमता विकास गर्न विशेष कार्यक्रम सञ्चालन गर्न अधिकार सम्पन्न कर्णाली सञ्चार प्रशिक्षण प्रतिष्ठानको गठनका लागि स्थानीय तह, कर्णाली प्रदेश सरकार, संघीय सरकार र सम्बद्ध निकायसँग माग गर्ने तथा नागरिकको सूचनाको हकको प्रत्याभूति गराउन कर्णालीका सामुदायिक रेडियोले खेलेको भूमिकाको कदर गर्दै सथाशक्य समानुपातिक विज्ञापन निती लागू गेरर नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना विभागद्धारा प्रदान गर्ने विज्ञापन प्रदान गर्न माग गर्नेसहितको नौ बुँदे घोषणा पत्र जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ