Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बलात्कारको आरोपमा सर्लाहीबाट दुई जना पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ ६ सर्लाही । छुट्टाछुट्टै दुइजना युवतीको बलात्कार गरेको आरोपमा सर्लाहीको हेमपुरबाट दुइजना व्यक्ति पक्राउ परेका छन् भने एकजना फरार रहेको छ ।

पक्राउ पर्नेमा कविलासी नगरपालिका वडा न-४ हेमपुरका २० वर्षिय शिवनारायण राय यादव र १८ वर्षका राहुल राय यादव रहेका छन् । उनिहरु मध्ये शिवनारायणले केही महिना अगाडी र राहुलले ३ महिना अगाडी स्थानीय दुई युवतीलाई बलात्कार गरेका थिए ।

पक्राउ परेका दुवैजना आरोपीहरुलाई थप अनुसंधान र मुद्दा चलाउनको लागि जिल्ला अदालत मलंगवामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिएको छ। बलात्कार गरे पश्चात् भारतमा लुकिछिपी बस्दै आएका ती दुई आरोपीहरुलाई आफ्नो घर आएको मौका पारेर विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी हरिपुर नगरपालिका अन्तर्गत पर्ने रनिया टोलमा १७ वर्षिया एक युवतीलाई बलात्कार गर्ने सुनिल पासवान करणी गरे पश्चात् फरार भएको खबर छ । पासवान भाग्नुमा प्रहरीको समेत मिलेमतो भएको भन्दै प्रहरीको चर्को आलोचना भइरहेको छ ।

उक्त घटनामा आफुहरुको कुनै संलग्नता नरहेको र फरार भएका पासवानको खोजी भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । पासवानको जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय हरिपुरले संयुक्त रुपमा खोजी गरिएको जिप्रका मलंगवाका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले विष्फोटलाई बताउनुभयो ।पासवान भारतमा लुकेर बसेको जानकारी आएकोले भारतीय प्रहरीको पनि सहयोगमा निजको खोजीकार्य भइरहेको उहाँले जानकारी दिनुभएको छ ।