पढ्न करिब 2 मिनेट लाग्छ

जेठ ६, सर्लाही | सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु गाउँपालिकामा एक महिलामाथी निर्घात कुटपीट भएको छ ।

विष्णु गाउँपालिका वडा नं. ६ सीमरा गाउँकी २६ वर्षीया गुड्डीदेवी सिंहलाई सासु सिमा देवी ,ससुरा राजेन्द्र ठाकुर श्रीमान अजित कुमार सिंह र नन्द मिलेर निर्घात कुटपीट गरेका हुन् । गुडुदेवीको पाँच वर्षअघि २०७१ साल वैशाख महिनामा स्थानीय अजित कुमार सिंहसँग वैवाहिक सम्बन्ध गाँसिएको थियो । छोरीमाथी बिना कारण घरका सबै जना मिलेर कुटपीट गरेको पीडित गुडुदेवीका बुवा चन्द्रनगर गाउँपालिका वडा न– ६ निवासी शम्भु चौधरीले आरोप लगाउनुभयो । कुटपिटबाट घइते भएकी छोरीलाई सीमरामा सामान्य उपचार गराई थप उपचारका लागि जिल्ला अस्पताल मलंगवामा भर्ना गराएको चौधरीले जानकारी दिनुभयो । पिडितको टाउको र खुट्टामा ठुलो चोट लागेको छ ।

एक छोरा र एक छोरीकी आमा गुडुदेवीलाई सासु, ससुरा र श्रीमान स्वंयमले किन कुटेको भन्ने कारण खुलेको छैन् । छोरीमाथी पटक–पटक कुटपीट हुने गरेको बुवा चौधरीले दावी गर्नुभयो । उहाँले मानव अधिकारबादीको सहयोगमा छोरीकी ससुराली पक्षका विरुद्धमा न्यायका लागि प्रहरीमा जाहेरी दिने बताउनुभयो ।

तराईमा विभन्न बाहानामा बुहारीलाई यातना दिने क्रम नरोकिएको मानवअधिकारकर्मीहरु बताउँछन् । शिक्षा र चेतनाको कमिको साथै समाजमा आफ्नो बर्चस्व देखाउनकै लागि पनि महिलामाथि हिंसा हुनेगरेको उनीहरूको भनाइ छ ।