2026-09-13 04:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा बिजुली चोरी गर्ने ४ सय घरको लाइन काटियो

जेठ ६, सर्लाही | सर्लाहीको लालबन्दी नगरपालिका वडा न-२ पुनर्बास टोलमा हुकिङ्ग गरि बिजुली प्रयोग गरेका चार सय घरको लाइन काटिएको छ । 

गत सनिबार बिहान नेपाल विधुत्त प्राधिकरण लालबन्दी वितरण केन्द्रबाट खटिएको टोलीले बिजुलीको मिटर नै नराखी डाइरेक्ट पोलबाट हुकिङ्ग गरेर बिजुलीको चोरी गरेका घरहरुको लाइन काटेको हो ।लाइन काट्न गएका प्राधिकरणको लालबन्दी वितरण केन्द्रका हुकिङ्ग नियन्त्रण टोलीले सो टोलबाट ४ थान पंखा ,२ थान टेलिभिजन , २ थान पानी तान्ने मोटर लगायतका विधुत्तीय उपकरणहरु समेत बरामद गरेको वितरण केन्द्र लालबन्दीले जनाएको छ ।सोही टोलीले मिटर नराखी काठको चिरान गरेर घर बनाउँदै गरेका एक ब्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्लामा अझै पनि धेरै मात्रामा विधुत्तको चुहावट भइरहेकोले त्यसलाई नियन्त्रण गर्न चुहावट नियन्त्रण टोली परिचालन भइसकेको प्राधिकरणको मलंगवा वितरण केन्द्रले जनाएको छ । जिल्लाको सदरमुकाम मलंगवा , लालबन्दी र बरहथवामा रहेको प्राधिकरणको वितरण केन्द्रले हप्तै पिच्छै हुकिङ्ग नियन्त्रण अभियान चलाउदै आएको बताइएको छ । विधुत्त चुहावट नरोकिएको ले अन्य जिल्लाको तुलनामा सर्लाहीमा सबैभन्दा बढी लोडसेडिङ हुनेगरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन