Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट तादी गाउँपालिकाको गैरीगाउँ खानेपानी समस्याबाट मुक्त बन्यो

२०७५, ८ जेष्ठ मंगलवार ०८:००

जेठ ८, नुवाकोट | खानेपानीको चरम अभावले ‘काकाकुल बस्ती’का रुपमा परिचित यहाँको तादी गाउँपालिका–६ गैरीगाउँमा अहिले चौबीसै घण्टा खानेपानी सुविधा उपलब्ध भएको छ । 

गाउँभन्दा तीन किलोमिटर टाढा रहेको तीन वटा मुहानको पानी संकलन गरी वितरण थालेपछि अहिलेको सुख्खायाममा पनि गैरीगाउँका ११४ घरधुरीमा पानीको पर्याप्त सुविधा भएको गैरीगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष सीताराम तामाङले जानकारी दिनुभयो । 

सरकारबाट रु १९ लाख ६३ हजार तथा जिल्ला खानेपानी कार्यालय रु १५ लाख ७० हजार अनुदानका साथै स्थानीयवासीबाट रु तीन लाख ९२ हजारबराबरको श्रमदान जुटाइएको उहाँले बताउनुभयो । 

अध्यक्ष तामाङका अनुसार सबैको घरमा एक–एक वटा धारा जडान गरी चौबीसै घण्टा पाउन उपलब्ध गराइएको छ । “सुख्खाबस्ती तर नजिकै पानीको मुहान नहुँदा कष्ट भोग्दै आएका बासिन्दाले पानी सहज भएपछि सरसफाइ, पशुपालन, करेसाबारीमा तरकारी लगाउन थालेका छन् ।” तामाङले भन्नुभयो, “भूकम्पले क्षति पुगेको आवासको पुनःनिर्माणले पनि गति लिन थालेको छ ।” 

उपभोक्ता समितिले पानी प्रयोग गर्ने प्रत्येक उपभोक्ताको धारामा मिटर जडान गरेको छ । न्यूनतम २० युनिटको रु ७५ र त्योभन्दा बढी प्रयोग गर्नेलाई प्रतियुनिट रु पाँच शुल्क लाग्ने नियम बनाइएको समितिका कोषाध्यक्ष कान्छाकाले तामाङले बताउनुभयो । 

उहाँका अनुसार उपभोक्ताबाट उठाइएको शुल्कले खानेपानी वितरण तथा मर्मतसम्भारका लागि चार कर्मचारीको व्यवस्थाका साथै मर्मतका लागि गर्न कोषसमेत खडा गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश