Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महोत्तरीमा आमाको गालीले २ मितिनीद्वारा आत्महत्या

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ८, महोत्तरी । महोत्तरी जिल्लाको बलवा नगरपालिका–१ बञ्चौरीमा सोमबार साँझ विषादी सेवनबाट २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बलवा नगरपालिका–१, बञ्चौरी गाउँ बस्ने राजु चौधरीकी छोरी १६ वर्षीया खुसीकुमारी चौधरी र अरुण झाकी छोरी १५ वर्षीया चाँदनीकुमारी झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दुवै बालिका एकअर्काका मितिनी रहेको खुलेको छ।

दुवै मितिनीले सोमबार छिमेकीको घरमा भइरहेको पूजा हेरेर प्रसाद लिइ घरमा आएपछि आमाले कहाँ गएको भन्दै गाली गरेपछि बजारमा गएर गहुँ बालीमा छर्किने सेल्फास नामक विषादी किनेर नजिकै रहेको आँपको बगैँचामा गएर खाँदा उनीहरुको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।

दुवै मितिनी साँझ बगैँचामा बेहोस अवस्थामा फेला परेपछि परिवारजन र छिमेकीले उनीहरुलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकोमा उपचारकै क्रममा दुवै मितिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

मृतक दुवै मितिनीको शव परीक्षणपश्चात् आज परिवारजनलाई बुझाउने प्रहरीले जनाएको छ। रासस