Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा जेष्ठ नागरिक सम्मानबाट बन्चित

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ ९ सिरहा। मिर्चैया नगरपालिकामा जेष्ठ नागरिक सम्मानबाट बन्चित भएका छन् ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत नगरपालिकाले हालै सम्मान गरेको जेष्ठ नागरिकहरुमध्ये केहि बन्चित भएका छन् । नगरपालिकाले ८० बर्ष उमेर भन्दामाथीका बृद्धबृद्धाहरुलाई सम्मान गरेको भनिएपनि केहि बन्चित भएको पाईएको छ ।

नगरपालिकाले पुरानै लिष्ट अनुसार सम्मान गरेकोले उमेर पुगेर पनि कतिपय बृद्धबृद्धाहरु सम्मानबाट बन्चित भएको बताईएको छ ।

मिर्चैया नगरपालिका बडा नं. ४ बस्ने राम सुनैर यादबको ८४ बर्ष उमर पुगेपनि उनी सम्मानबाट बन्चित भएकी छिन् । उनले भने “कहिले सम्मान गरियो मलाई थाहा भएन, अरु जनाले सम्मान लिएर गएपछि मलाई भन्यो, अनि मलाई थाहा भयो ।”

उमेर पुगेपछि नदिएकोले उनी सम्मान दिन नगरपालिकासंग आग्रह गरेकी छिन् । २०४३ साल माघ २० गते जारी भएको यादबको नागरिकत्तामा जारी भएको बेलामा ५२ बर्ष उमेर उल्लेख रहेको छ । त्यस अनुसार अहिले यादबको उमेर करीब ८४ बर्षको हाराहारीमा पुगेको छ ।

त्यस्तै, मिर्चैया नगरपालिका बडा नं. ५ का पशुपति पासमान र सरस्वति देबि पासमान सम्मानबाट बन्चित भएका छन् । नागरिकतामा पशुपतिको जन्म १९८८ साल असार १० गते उल्लेख रहेको छ । यसअनुसार निजको उमेर ८७ बर्ष पुगेको देखिन्छ । त्यसैगरी सरस्बतिको जन्म १९८५ माघ १० गते रहेको छ । यस अनुसार निजको उमेर ९० बर्ष पुगेको छ । उमेर पुगेपनि आफुहरु सम्मान नपाएको उनीहरुको भनाई रहेको छ ।

बडा नं. ४ का बडा अध्यक्ष दिनेश कुमार यादबले नगरपालिकाले दिएको लिष्ट अनुसार सम्मान बितरण भएको बताए । उनले नगरपालिकाले आफै लिष्ट तयार गरेकोले कतिपय बृद्धबृद्धाहरु छुटिएको बताए । बडा नं. ४ र ५ का बडा सचिब भगबान यादबले नगरपालिकाले दिएको लिष्टको आधारमा बितरण गरेको बताए । बितरण गर्ने क्रममा लिष्टमा नाम नरहेपनि उमेर पुगेका ब्यक्ति आएपछि सम्मान दिएको उनले दाबी गरे ।

यता, नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले बितरण गर्ने क्रममा छुटफुट भएकाहरुलाई सम्बोधन गर्न मेयरसंग छलफल गर्ने बताए । नाम लिष्टमा नभएका उमेर पुगेका बृद्धबृद्धाहरु बितरण गर्ने बेलामा आएकोले उनीहरुलाई पनि सम्मान गरेको उनले बताए । कहिँकतै छुटफुट भएका छन भने बिचार गर्ने अधिकृत पौडेलले स्पष्ट गरे ।

नगरपालिकाले जेष्ठ महिनाको पहिलो साता पाँच सयभन्दा बढी जेष्ठ नागरिकलाई दोसल्ला, छाता र फ्रुटी सहित सम्मान गरेको थियो ।