१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा जेष्ठ नागरिक सम्मानबाट बन्चित

९ जेष्ठ २०७५, बुधबार ०७:२०

जेठ ९ सिरहा। मिर्चैया नगरपालिकामा जेष्ठ नागरिक सम्मानबाट बन्चित भएका छन् । 

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत नगरपालिकाले हालै सम्मान गरेको जेष्ठ नागरिकहरुमध्ये केहि बन्चित भएका छन् । नगरपालिकाले ८० बर्ष उमेर भन्दामाथीका बृद्धबृद्धाहरुलाई सम्मान गरेको भनिएपनि केहि बन्चित भएको पाईएको छ । 


नगरपालिकाले पुरानै लिष्ट अनुसार सम्मान गरेकोले उमेर पुगेर पनि कतिपय बृद्धबृद्धाहरु सम्मानबाट बन्चित भएको बताईएको छ ।

मिर्चैया नगरपालिका बडा नं. ४ बस्ने राम सुनैर यादबको ८४ बर्ष उमर पुगेपनि उनी सम्मानबाट बन्चित भएकी छिन् । उनले भने “कहिले सम्मान गरियो मलाई थाहा भएन, अरु जनाले सम्मान लिएर गएपछि मलाई भन्यो, अनि मलाई थाहा भयो ।” 


उमेर पुगेपछि नदिएकोले उनी सम्मान दिन नगरपालिकासंग आग्रह गरेकी छिन् । २०४३ साल माघ २० गते जारी भएको यादबको नागरिकत्तामा जारी भएको बेलामा ५२ बर्ष उमेर उल्लेख रहेको छ । त्यस अनुसार अहिले यादबको उमेर करीब ८४ बर्षको हाराहारीमा पुगेको छ ।

त्यस्तै, मिर्चैया नगरपालिका बडा नं. ५ का पशुपति पासमान र सरस्वति देबि पासमान सम्मानबाट बन्चित भएका छन् । नागरिकतामा पशुपतिको जन्म १९८८ साल असार १० गते उल्लेख रहेको छ । यसअनुसार निजको उमेर ८७ बर्ष पुगेको देखिन्छ । त्यसैगरी सरस्बतिको जन्म १९८५ माघ १० गते रहेको छ । यस अनुसार निजको उमेर ९० बर्ष पुगेको छ । उमेर पुगेपनि आफुहरु सम्मान नपाएको उनीहरुको भनाई रहेको छ । 

बडा नं. ४ का बडा अध्यक्ष दिनेश कुमार यादबले नगरपालिकाले दिएको लिष्ट अनुसार सम्मान बितरण भएको बताए । उनले नगरपालिकाले आफै लिष्ट तयार गरेकोले कतिपय बृद्धबृद्धाहरु छुटिएको बताए । बडा नं. ४ र ५ का बडा सचिब भगबान यादबले नगरपालिकाले दिएको लिष्टको आधारमा बितरण गरेको बताए । बितरण गर्ने क्रममा लिष्टमा नाम नरहेपनि उमेर पुगेका ब्यक्ति आएपछि सम्मान दिएको उनले दाबी गरे । 

यता, नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले बितरण गर्ने क्रममा छुटफुट भएकाहरुलाई सम्बोधन गर्न मेयरसंग छलफल गर्ने बताए । नाम लिष्टमा नभएका उमेर पुगेका बृद्धबृद्धाहरु बितरण गर्ने बेलामा आएकोले उनीहरुलाई पनि सम्मान गरेको उनले बताए । कहिँकतै छुटफुट भएका छन भने बिचार गर्ने अधिकृत पौडेलले स्पष्ट गरे ।   

नगरपालिकाले जेष्ठ महिनाको पहिलो साता पाँच सयभन्दा बढी जेष्ठ नागरिकलाई दोसल्ला, छाता र फ्रुटी सहित सम्मान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित