Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

लाखौँ ठगीको अभियोगमा नुवाकोटका एक सहकारीका अध्यक्ष पक्राउ

२०७५, ९ जेष्ठ बुधबार ०९:५४

जेठ ९ नुवाकोट | बचतकर्ताबाट सङ्कलित लाखाँै रुपैयाँ ठगी गरेको अभियोगमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ । 

नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेललाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा जिल्ला अदालतमा मंगलबार ठगी मुद्दा दर्ता गरी कारवाहीका लागि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार सहकारीका बचतकर्ता सुजित खड्गे, दुर्गादेवी खड्गे, राममाया थापा र होमबहादुर खड्काले आफूहरुले जम्मा गरेको रु पाँच लाखभन्दा बढी फिर्ता नगरेको र राजन बोगटीले सहकारी संस्थाले आफ्नो करीब दश रोपनी जग्गा सहकारी बैंकमार्फत रु १४ लाख ऋण लिएर लिलामीको अवस्थामा पुर्याएको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा प्याकुरेललाई ठगी मुद्दामा कारवाही थालिएको हो । 

“प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध तीन सयभन्दा बढी बचतकर्ताको करीब रु ६० लाख लामो समयसम्म फिर्ता नगरेको र शेयर सदस्यको शेयरपूँजी अपचलन गरेको अभियोग देखिएको छ,” प्रहरी निरीक्षक शाहले भन्नुभयो, “सहकारीका अध्यक्ष कारवाहीको दायरामा तानिएपछि थप अरूको पनि मिलेमतो पाइएकाले संलग्नलाई नियन्त्रणमा लिन लागिएको छ ।” 

सहकारीका अध्यक्ष पक्राउ परेपछि बचतकर्ता र शेयर लगानीकर्ताले प्रहरीसमक्ष मौखिक र लिखित उजुरी दिने क्रम बढेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश