३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अधिकारी वन्धुहरुको शुभकामना आदानप्रदान

१ बैशाख २०७३, बुधबार ०४:१८

गोविन्द अधिकारी
पर्वत काश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान पर्वत शाखाको आयोजनामा नयाँ बर्षको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको छ । पर्वत जिल्लामा छरिएर रहेका सम्पूर्ण अधिकारी बन्धुहरुको सहभागितामा शुभकामना आदान प्रदान सहित आगामी कार्ययोजनाका बारेमा अन्तरक्रिया समेत भएको हो ।

पर्वतको कुश्मा स्थित शिवालयचोकमा आज भएको शुभकामना आदानप्रदान कार्यक्रम काश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान पर्वतका अध्यक्ष पदमबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमममा स्वागत कोषाध्यक्ष हेमप्रसाद अधिकारी र सञ्चालन सचिव पिताम्बर शर्मा अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य गोविन्द अधिकारी, मोतिप्रसाद अधिकारी, गणेश शर्मा अधिकारी, कुलबहादुर अधिकारी, देव शर्मा अधिकारी, नारायण अधिकारी, उषादेवि अधिकारी, कुलप्रसाद अधिकारी, कृष्णप्रसाद अधिकारी, मानबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा केन्द्रले प्रकाशन गरेको भित्ते पात्रो पनि सबैलाई वितरण गरिएको थियो ।

जिल्लामा रहेको काश्यप वन्धुहरुको वंशावली तयार पार्ने काम भैसकेको छ । उक्त तथ्याङ्कमा समाबेश नभएकाहरुले फेरि पनि समेट्न सकिने उक्त अवसरमा जानकारी गराइएको थियो । प्रतिष्ठानले केहि दिनमै कुश्मामा शाखा कार्यालय सञ्चालन गर्ने योजना रहेको जिल्ला कार्यसमितिका सदस्य गोविन्द अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ