2026-09-19 08:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अधिकारी वन्धुहरुको शुभकामना आदानप्रदान

गोविन्द अधिकारी
पर्वत काश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान पर्वत शाखाको आयोजनामा नयाँ बर्षको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको छ । पर्वत जिल्लामा छरिएर रहेका सम्पूर्ण अधिकारी बन्धुहरुको सहभागितामा शुभकामना आदान प्रदान सहित आगामी कार्ययोजनाका बारेमा अन्तरक्रिया समेत भएको हो ।

पर्वतको कुश्मा स्थित शिवालयचोकमा आज भएको शुभकामना आदानप्रदान कार्यक्रम काश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान पर्वतका अध्यक्ष पदमबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमममा स्वागत कोषाध्यक्ष हेमप्रसाद अधिकारी र सञ्चालन सचिव पिताम्बर शर्मा अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य गोविन्द अधिकारी, मोतिप्रसाद अधिकारी, गणेश शर्मा अधिकारी, कुलबहादुर अधिकारी, देव शर्मा अधिकारी, नारायण अधिकारी, उषादेवि अधिकारी, कुलप्रसाद अधिकारी, कृष्णप्रसाद अधिकारी, मानबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा केन्द्रले प्रकाशन गरेको भित्ते पात्रो पनि सबैलाई वितरण गरिएको थियो ।

जिल्लामा रहेको काश्यप वन्धुहरुको वंशावली तयार पार्ने काम भैसकेको छ । उक्त तथ्याङ्कमा समाबेश नभएकाहरुले फेरि पनि समेट्न सकिने उक्त अवसरमा जानकारी गराइएको थियो । प्रतिष्ठानले केहि दिनमै कुश्मामा शाखा कार्यालय सञ्चालन गर्ने योजना रहेको जिल्ला कार्यसमितिका सदस्य गोविन्द अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई