२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नववर्षको गन्तब्य बन्यो नेपालकै अग्लो पुल

१ बैशाख २०७३, बुधबार १३:२७

पर्वत–बिराटनगरका विकास सेढाईंलाई पर्वत र बागलुङ जोड्ने नेपालकै अग्लो झोलुंगे पुल घुम्ने रहर एक वर्षअघि पलाएको थियो। क्याम्पसको पढाईका कारण त्यो पूरा गर्न सकेका थिएनन्। तर,  बुधबार नयाँ वर्षको पहिलो दिन पुल अवलोकन गर्दा उनी निकै खुशी देखिन्थे।

‘नेपालकै सबैभन्दा अग्लो स्थानमा निर्मित पुल अवलोकन गर्दा मैले सुनेको भन्दा पनि निकै रमाइलो भएको छ’,  पुलकोबीचमा सेल्फी खिच्दै गरेका सेढाईंले भने, ‘अब हरेक नयाँ वर्ष यही अग्लो पुलमा मनाउँछु।’ आफूसँगै स्नातक तहको पढाई सकेका छ जना साथी लिएर एक साताअघि काठमाडौंदेखि भ्रमण सुरु गरेका उनले कालीगण्डकी नदी माथि बनेको पुलमा बसेर वरपरको क्षेत्र अवलोकन गर्दा निकै आनन्द लागेको बताए ।
बिराटनगरकै विवेक श्रेष्ठले एक साताको भ्रमणमध्ये सबैभन्दा रमाइलो नेपालकै पुलको अवलोकन गर्दा लागेको बताए। ‘सञ्चारमाध्यममार्फत समाचार पढेको थिए तर आज प्रत्यक्ष रुपमा पुलको वारपार गर्न पाएको छु’,  उनले भने, ‘अहिले साथीसँग आएपनि अर्कोपटक परिवारलाईसमेत सँगै ल्याउछु ।’

म्याग्दीबाट आएका बिमलरञ्जन कार्कीले लामो समयदेखि नेपालकै अग्लो पुलको अवलोकन गर्ने धोका नयाँ वर्षको पहिलो दिन पूरा भएको बताए । ‘पर्वतसँग जोडिएको जिल्ला भएर पनि नेपालकै अग्लो पुल अवलोकन गर्ने मौका मिलेको थिएन’,  अग्लो पुलमा भेटिएका कार्कीले भने। बेनी नगरपालिकामा कार्यरत उनी बिदाको मौका छोपेर नयाँ वर्षको पहिलो दिन अग्लो पुल अवलोकन गरेका हुन्।

बिमलसँगै अग्लो पुल पुगेका म्याग्दीकै हरि आचार्यले आँफू चार पटक आइसकेको भएपनि पुनः पुलको अवलोकन गर्न इच्छा लागेको बताए । ‘अग्लो पुलमा आएर अवलोकन गर्दा निकै आनन्द लाग्छ, त्यसैले पाँचौ पटक अग्लो पुल घुम्न आएको हुँ’, आचार्यले भने। यता स्याङ्जाबाट आएका कपिल थापाले पुल बनेको खबरसँगै आउने धोका भएपनि नयाँवर्षले जुराइदिएको बताए ।

बिराटनगरका विकास, विवेक, म्याग्दीका बिमल, हरि र स्याङ्जाका कपिल मात्रै होइन नयाँ वर्ष २०७३ सालको पहिलो दिन नेपालकै अग्लो पुल अवलोकन गर्न आउनेको संख्या पाँच हजार भन्दा माथि रहेको नेपालकै अग्लो झोलुंगे पुलसँगै रहेको पिस जोन रेष्टुरेन्ट सञ्चालक राजु सुबेदीको दाबी थियो । ‘बिहान ७ बजेदेखि नै पुलमा चहलपहल निकै छ’, उनले भने,‘आज पाँच हजार भन्दा बढी पुलको अवलोकनै लागि आएको अनुमान गरेको छु ।’ उनले अन्य दिनमा भन्दा नयाँ बर्षको पहिलो दिन बुधबार झण्डै पाँच गुणा ब्यापार बढेको बताए ।

‘ल हेर्नुस् बिहान खाजा खानेदेखि खाना हुँदै अहिले खाजा खानेहरुले सबै कोठाका टेबल प्याक छन’, पुल अवलोकन गर्न आएकालाई खाजा पुर्याउन भ्याइनभ्याई गरेका सुबेदीले भने । उनका अनुसार पहिलो पटक पुलको अवलोकन गर्न आएका धेरै जना परिवार र साथीलाई लिएर पुनः आउने गरेको बताए । ‘एक पटक पुलको अवलोकन गर्न आएका अधिकांश दोस्रो पटक पनि आउने गरेका छन’, उनले भने,‘पहिले साथीसँग आएकाले परिवारलाई लिएर र पहिले परिवारसँग आएकाहरु दोस्रो पटक साथीहरुसँग आउने गरेको पनि भेटेका छौं।’

-नागरिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित) प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, पदमुक्त गर्नसमेत माग जुनसुकै देशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला माओवादी केन्द्रले गर्‍यो तीन नेतालाई पदमुक्त