३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न्न

१ बैशाख २०७३, बुधबार १४:३३

नेपाली काँग्रेस, पर्वतले नयाँ वर्ष २०७३ को अवसरमा पर्वत जिल्ला सदरमुकाम कुश्मावजारमा वुधवारका दिन एक शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

आपसी सदभाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा पाटीका पदाधिकारी, भातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु र सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै नेपाली काँग्रेस पर्वतका पुर्व सभापति नवराज गुरुङले राष्ट्रिय सम्वृद्धिका लागि नेपाली काँग्रेसको भुमिका रहने वताउनु हुँदै नेपाली काँग्रेस भित्रको भावनात्मक एकता विना राजनीतिक स्थायित्व संभव नहुने वताउनु भयो । कार्यक्रममा वोल्दै राप्रपा नेपालका सचिव प्रकाश पौडेलले जनताको अनगन्ति समस्याहरुको समाधानका लागि जिम्मेवारी राजनीतिक दल विच राष्ट्रिय सहमती हुनुपर्ने भन्दै नेपाली काँग्रेसले यसको नेतृत्व लिनुपर्नेमा जोड दिनु भयो । यसै गरी कार्यक्रममा नेपाल तरुण दलका जिल्ला अध्यक्ष विद्वान गुरुङ, नेपाल भुतपुर्व सैनिक संघका जिल्ला सभापति खड्का वहादुर कार्की, नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय सदस्य शिव शर्मा अधिकारी लगायतले नयाँ वर्षको आगमनसंगै पाटीका नेता कार्यकर्ताहरुको सोचमा परिवर्तन हुन जरुरी भएको वताउनु   भयो ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने, पर्वत वार इकाइका अध्यक्ष विश्वराज पाण्डे, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपालका केन्द्रिीय सदस्य लक्ष्मी कुमारी मेधासी, लोकतान्त्रिक गैसस महासंघ, पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री, गुप्तेश्वर वहुमुखी क्याम्पसका अध्यक्ष मथुरा जोशी, गैसस महासंघ पर्वतका सचिव शिव प्रसाद शर्मा, रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष शिव शर्मा पौडेल, नेपाल रेडक्रस सोसाईटी पर्वतका नि.वर्तमान सभापति सुन्दर प्रसाद जोशी, पुर्व कर्मचारी परिषदका अध्यक्ष देवी प्रसाद विलासी, लायन्स क्लव कुश्मा चौतारीका पुरुषोत्तम आचार्यले नयाँ वर्षको आगमनसंगै देशमा सुख, शान्ति र सम्वृद्धी संस्थागत हुने विश्वास व्यक्त गर्नु भयो ।

यसै गरी कार्यक्रममा रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्ष सन्तोष पौडेल, नेपाल प्रेस युनिएन पर्वतका सचिव उत्तम प्रसाद अधिकारी, नेष्डो नेपालका अधिकृत इश्वरी शर्मा, मानव अधिकार तथा शान्ति समाज पर्वतका सभापति मान कुमारी गिरी, एकता युवा क्लवका अध्यक्ष अज्यूत तिवारी, पर्वत सञ्जालका प्रदान सम्पादक आरसी पौडेल लगायतले नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो ।

शुभकामना आदान प्रदान कार्यक्रम नेपाली काँग्रेस पर्वतका सचिव विश्व प्रकाश प्रसाईको सभापतित्व, कोषाध्यक्ष याम वहादुर मल्लको स्वागत एवम् नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य मोहन आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’