Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा ३१ योजना समयमा पूरा भएनन्

२०७५, ११ जेष्ठ शुक्रबार ०५:३५

जेठ ११ नुवाकोट | विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ । 

गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा यहाँका चार कार्यालयमार्फत सञ्चालनमा रहेका ती योजना समयमा सम्पन्न नभएको तथ्यांक पाइएको छ । 

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार प्राविधिक कार्यालय मातहत रहेका तीन, मध्यमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयका पाँच, डिभिजन सडक कार्यालयका १२ र शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ठेक्का भएका ११ योजनाको काम तोकिएको समयमा पूरा नभएको र भएका कामसमेत गुणस्तरहीन पाइएको छ । 

“विकास सेवा तथा भौतिक संरचना निर्माणको सम्बन्धमा जिल्लाका १२ वटा कार्यालयसँग तथ्यांक माग गरेका थियौँ ।” प्रजिअ थापाले भन्नुभयो,“चारबाहेक अन्य कार्यालयमार्फत भएका कामको अवस्था सन्तोषजनक पाइएको छ ।” 

उहाँका अनुसार चार कार्यालयले बुझाएको काम नभएका ३१ योजना समयमा पूरा नहुनु तथा भएपनि गुणस्तरहीन पाइनुमा गत वर्षको निर्वाचन र त्यसमा लगाइएको आचारसंहिता, विसं २०७२ मा भएको नाकाबन्दी, लगातारको वर्षा, निर्माण सामग्रीको अभाव, ठेकेदारको लापर्बाही तथा काम नगर्ने मनस्थिति, योजना सञ्चालन भएको स्थानमा स्थानीयवासीको अवरोध, निर्माण व्यवसायी कीर्ते अभियोगमा पक्राउ पर्नुलगायतका कारण पाइएको छ । 

गत बिहीबार गृहमन्त्री थापाको निर्देशनलगत्तै गृहमन्त्रालयले मातहतमा रहेका सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई विवरण उपलब्ध गराउन दिएको निर्देशनअनुसार यहाँको प्रशासनले संकलन गरेको तथ्यांकमा उक्त योजना समयमा पूरा हुन नसकेको उल्लेख गरी गृहमन्त्रालयमा प्रतिवेदन पठाउन लागिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश