2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा जुवाखालबाट एक महिलासहित १४ पक्राउ

जेठ ११ म्याग्दी | म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । 

सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । 

पक्राउ पर्नेमा बेनी नगरपालिका–८ स्थित होटल नमस्तेबाट शेरबहादुर पाईजा, गमन छन्त्याल, भीम छन्त्याल, जीवन छन्त्याल र सोमबहादुर छन्त्याल रहेको प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिनुभयो । 

यसैगरी, बेनपा–८, को पिपलचोकस्थित ओमबहादुर छन्त्यालको घरबाट ओमबहादुर छन्त्याल, यामबहादुर छन्त्याल, मनोज पुन र टीका पुन (महिला) रहेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक क्षेत्रीले बेनपा–९, गलेश्वर बस्ने केन कार्कीको घरबाट खड्कबहादुर गर्बुजा, वीरबहादुर शेरपुञ्जा, सिकिन्दरबहादुर बानियाँ, विजय शेरपुञ्जा र केन कार्की पक्राउ परेका बताउनुभयो । 

प्रहरी निरीक्षक क्षेत्रीका अनुसार जुवा खेलिरहेको स्थानबाट नगद रु ५० हजार १४५ बरामद गरिएको छ । 

हालै मात्र कैलाली जिल्लाबाट सरुवा भई म्याग्दीको प्रहरी प्रमुखका रुपमा आउनुभएका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले गैरकानूनी क्रियाकलापलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताउनुभएको छ । प्रहरीले जुवातास, लागूऔषध बेचबिखन, घरेलु मदिरा नियन्त्रण एवं न्यूनीकरण कार्यक्रमलाई अगाडि बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई