Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको मोदी गाउँपालिकाका अध्यक्ष सहित ५ जनाविरुद्ध उजुरी

२०७५, ११ जेष्ठ शुक्रबार ०७:०७

जेठ ११ पर्वत । मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल सहित ६ जना विरुद्ध अख्तियारमा उजुरी परेको छ । 

मोदी गाउँपालिका ६ तिलाहार ठानामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयमा चरम राजनीतिक हस्तक्षेप गरेको भन्दै स्थानीयबासीले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

अख्तियारमा दर्ता नं १७५० मा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल सहित मोदी ६ तिलाहारका वडा अध्यक्ष विमल लामिछाने, विद्यालय निरिक्षक झलक आचार्य, विद्यालयका प्रधानाध्यापक ख्यामप्रसाद लामिछाने, विषय विशेषज्ञ भुपेन्द्र चापागाई लगायतलाई प्रतिबादी बनाइएको छ ।

शिक्षक नियुक्तिमा विद्यालयका प्रधानाध्यापक ख्यामप्रसाद लामिछानेले आफ्नो भान्जी पर्ने बविता केसीलाइ शिक्षकमा नियुक्ति गर्न शैक्षिक क्षेत्रमा राजनीतिकरण गरेको आरोप छ ।

मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल, मोदी ६का वडा अध्यक्ष विमल लामिछानेले राजनीतिक हस्तक्षेप गरी अनेरास्ववियू केन्द्रिय सदस्य अनमोल केसीकी श्रीमती  वविता केसीलाइ नियुक्ति गर्न खोजेपछि अख्तियारमा उजुरी परेको हो ।

प्रावि तृतीय श्रेणीमा शिक्षक नियुक्ति गर्नको लागि २०७४।१२।१२ मा गरिएको विज्ञापन अनुसार शिक्षक नियुक्ति गर्नुको सट्टा एकलौटी रुपमा राजनीतिकरण गरेर विद्यालय व्यवस्थापन समितिलाइ कुनै जानकारी विनानै  बैशाख १३ गते परीक्षा लिएको बताइएको छ ।

जसको नतिजा जेठ १ गते प्रकाशन गरिएको थियो । जस अनुसार अस्मीता मल्ल जिसी, विन्दु गौतम र बविता केसीको लिखितमा नाम निकाली जेठ ८ गते अन्तरबार्ता गरी वविता केसीलाइ नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाएपछि अहिले त्यसको व्यापक विरोध भएको छ । 

विद्यालयमा स्थानीय महिला तथा युवाहरुले विद्यालयमा ताला लगाइदिएका छन् ।

 मोदी गाउँपालिकामा उजुरी दर्ता गराउन गएका स्थानीयबासीलाइ गाउँपालिकाले उजुरी दर्ता नगरी ठाडो राजनीतिक हस्तक्षेप गरेको स्थानीय महिला अगुवाहरुको आरोप छ ।

विद्यालय निरिक्षक झलकनाथ आचार्यले आफ्नो यसमा कुनै पनि भूमिका नभएको बताएका छन् । उनले यसमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकको कमजोरी, प्रधानाध्यापक र गाउँपालिकाको अध्यक्षको हात रहेको हुनसक्ने बताए ।

मोदी गाउँपालिकामा व्यापक अनियमितता भएको पनि आंशका गरिएको छ । कृषकको लागि खरिद गरिएको पावर मिनि टेलर ( हाते हलो)मा व्यापक अनियमितता, ठेक्कापट्टामा कार्यकर्तालाइ दिएको, गाउँपालिकामा गाउँपालिका प्रमुखले आफ्नी भान्जीलाई भर्ति गरेको लगाएका विषयले पनि गाउँपालिकाका प्रमुखको चर्को विरोध भैराखेको छ ।।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली