2026-09-19 08:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खोजी अधिकारको

देशले पहिलो महिला राष्ट्रपति ,सभामुख, सर्वोच्च अदाललको प्रधानन्यायधिसका रुपमा क्रमश विद्यादेवी भण्डारी, अन्सरी घर्ती मगर र शुसीला कार्की पायो । तर पनि महिलाले महिला हक अधिकार अझै प्राप्त नगरेको महसुस      गरीराखेका छन् । नयाँ संविधान जारी भयो महिला हक अधिकारी अनुसारमा नै महिला अहिले प्रशासनिक निकाय देखि लिएर देशको उच्च पदमा पुगे जून नेपाली महिलाको लागि गौरवको विषय हो ।

पुरुष प्रधान देशका रुपमा लिइने नेपालमा अझै पनि यताकतै महिला पछि परेकै छन् । महिलाहरु चुलोचौकोमा बस्नुपर्ने र पुरुष सेवा समारोहमा नेता बन्दै हिड्ने नेपालको पुरष प्रधानको अन्त्य देशको उच्च पदमा महिला पुगेपछि त्यसमा केहि हदमा कमी भने पक्कै भएको छ । महिलाले अबसर  र सहयोग पाए देशको उच्च पदमा रहेर पनि काम गर्न सक्छन् भन्ने कुरा पनि उदाहरणको लागि बने । तर पनि अझै धेरै जसो जिल्ला र गाउँमा पुरुषकै अधिनमा महिला बस्नुपर्ने बाध्यता छ । पुरुषको निर्णयनै महिलाको लागि सर्वोेपरि गनर््ुपर्ने देखिन्छ ।

   पुरुष केवल राजनीति र विवाद र्ने र आर्थिक पारदर्शीतामा समेत प्रश्नचिन्ह उठ्ने तथा बारम्बार एउटै कुराको लागि सहमतिको लागि प्रयास गर्दा पनि सम्भव नुहने भएका कारण जिल्लाका दक्षिण क्षेत्रका महिलाले पुरुषमाथि हस्तक्षेप गरेर अधिकारी हासिल गरेका छन् । भनिन्छनी अधिकार मागेर हैन खोसेर लिन सिक्नुपर्छ त्यस्तै भएको छ , जिल्लामा । एक दशकदेखि निर्माणाधीन रहेको लुंखु–ज्यामिरे–हुवास सडकमा अहिलेसम्म तीन करोड बढी रकम खर्च भइसकेको छ।

चालू आर्थिक बर्ष स्तरोन्नतिका लागि आठ लाख ५४ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ। तर, उपभोक्ता समिति गठनमा पुरुषले राजनीतिक रुपमा एकले अर्कोलाई स्वीकार    नगरेपछि चालू आर्थिक वर्षको तीन महिना बाँकी छदासम्म खर्च हुन सकेको छैन। समिति निर्माण गर्नको लागि पुरुषहरु विच राजनीतिकरण र विवाद चुलीएपछि त्याहाँका महिलाले पुरुषमाथि हस्तक्षेप गरी महिलाहरुकै ११ सदस्यीय कार्य समिति गठन गरे ।

सधै एउटा पदमात्रै दिए महिलालाई ३३ प्रतिशत दिएको देखाउन समिति तथा अन्य समुहमा महिलाको मात्रै नाम राख्ने र महिलाको अधिकारलाई कुन्ठित गर्ने पुरुषको परिपाटीमाथि महिलाहरुले देखाएको अधिकारको खाजी र विकासको लागि देखाएको जागरुकता महिला अब चुलोचौको मात्रै सिमित छैनन् देशको विकास र जिल्लाको विकासको लागि अग्रसर छन् भन्ने संदेश दिएका छन् । अधिकार पाए महिलाले पनि देश र जिल्लाको विकासको लागि केहि गर्ने क्षमता राख्छन् र अगाडी बढ्न सक्छन् भन्ने कुराको पनि प्रमाण पेश गरे । प्राप्त गरेको अधिकारको भरपुर प्रयोग गरी विकासको लागि महिलाले चालेको कदम सफल र फलदायी होस् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई