2026-07-28 03:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नयाँ संविधान र महिला अधिकार

महिला अधिकारका कुरा गरिरहदा नेपालका उच्च ओहोदामा महिलाहरुले नेतृत्व लिएको पाईन्छ । नेपालमा एकै समय राज्यका प्रमुख पाँच पदमध्ये तीनवटाको नेतृत्व महिलाले पाएका छन् । राष्ट्रपतिमा यसअघि नै विद्यादेवी भण्डारी बहाल छिन् भने व्यवस्थापिका प्रमुख पद सभामुखमा ओनसरी घर्ती।

न्यायपालिका प्रमुखका रुपमा सुशीला कार्कीले बिहीबारबाट कायममुकायम प्रधानन्यायाधीश पदबहाल गरेकी छन् । तीन प्रमुख निकायमा एकैचोटि महिला नेतृत्व आउनु मुलुकमा बन्दै गएको महिलामैत्री वातावरणको उपलब्धि हो, साथसाथै संविधानले जुटाएको अवसर पनि हो, ।

समाजमा विभेद समाप्त पार्नुपर्छ भन्ने विकसित चेतनाको उपज पनि हो यो अवसर। नेपाली समाजमा राजनीतिक विभेदको चेतना हट्दै जानुले पनि आज महिलालाई यो अबसर दिलाएको छ ।  ’२०४७ पछि आन्दोलन, संगठन, प्रेस स्वतन्त्रता बढे। कानुनी विभेद हटाउन आन्दोलन भए। पहिलो र दोस्रो संविधानसभामा महिलाको संख्या बढ्यो। पार्टीहरूमा दबाब बढ्दै गयो ।

जसका कारण पनि आज यो सम्भव भयो ।  ३३ प्रतिशत अधिकारमा कुन्ठित भएका  आधा आकाश ढाकिएका महिला राज्यको उच्च पदमा पुगे । अब महिला हक अधिकारमा उनीहरुको कदम चल्छ की चल्दैन त्यो भने बाँकी दिनले बताउँला तर नयाँ संविधान जारी भएसँगै महिला नेतृत्व देशको प्रमुख पदको नेतृत्व गर्नु भनेको देशका लागि र महिलाहरुको लागि नयाँ संविधानले दिएको अधिकार र उपलब्धीनै मान्नुपर्छ ।

अझैपनि कतिपय राजनीतिक दलमा महिला सहभागीता न्यून भएको पाइन्छ । चूनावी र्मैदानमा उत्रिने बेलामा पनि महिलालाई चूनावी र्मैदानमा प्रतिस्पर्धा गर्न नदिने काम पनि भैरहन्छन् तर पनि अबसर पाएका महिलाहरु देशले नयाँ संविधान पासँगै देशको प्रमुख अंगमा पुग्न सफल भएका छन् जून महिलाहरुको लागि गौरवको विषय पनि हो । राज्यको तीन ठूलो पदमा नेतृत्वकर्ताका रुपमा महिला रहेता पनि  गाउँका महिला शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक, पारिवारिक मर्यादाबाट  अझैपनि वञ्चित छन् । यी समस्या सम्बोधन गर्दै महिलालाई अझ बढी सशक्तीकरण गर्न अहिलेको उपलब्धिलाई उपयोग गर्न आवश्यक छ ।

  तीन महिला प्रमुख हुनुको अवसर, उत्साहलाई प्रतिफल बनाउन मुलुकका लाखौं महिला लक्षित नीति कार्यक्रम ल्याउनुपर्छ,’ तब मात्र सवै महिलाले समान अधिकार र न्यायको अनुभूति गर्न सक्छन् । राजनीतिक दलमा महिलालाई अघि बढाउन पर्छ र अधिकार दिनुपर्छ भन्ने पछिल्लो समयमा सोचको विकास हुनु र संविधानमा महिला हक अधिकारका कुरा उल्लेख हुनु महिलाको यो अबसर हो ।

राज्यका तीन प्रमुख पदमा महिला पुग्नु सबैको सन्तोष र गौरवको विषय बनेको छ तर सोही अनुसार महिलाका हक अधिकारको लागि कार्य गर्छन् की गर्दैनन् त्यो भने प्रतिक्षाको विषय रहेको छ । जे होस् देशले नयाँ संविधान जारी भएसँगै  तीन ठूला पदमा महिला नेतृत्व पाएको छ जून  गौरवको विषय हो । नेतृत्वमा पुगेमा महिलाले महिलाको हक अधिकारको लागि आवाज उठाउदै न्याय र समतामूलक समाज निर्माणमा भूमिका खेल्न सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा