2026-10-15 12:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

११ औं गण्तन्त्र दिवस

आर्थिक र सामाजिक बिकासमा जोड

जेठ १५, सुर्खेत । कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालले कर्णालीबासीले आर्थिक, सामाजिक र न्यायिक समानता पाउनुपर्नेमा जोड दिएका छन् । रोग, भोक र शोकबाट आक्रान्त कर्णालीलाई समृद्ध बनाउने अवसर आएको बताउँदै सबैलाई त्यसतर्फ अग्रसर हुने प्रेरणा मिलोस् भन्दै शुभकामना पनि दिए ।

मंगलबार कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरमा ११ औं गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खनालले तत्कालिन राजा ज्ञानेन्द्रले नेपालको संविधान २०४७ र बहुदलको घाँटी निमोठेको परिणाम स्वरुप गणतन्त्र आएको र गणतन्त्रले जनतालाई स्वतन्त्रता, समानता प्रदान गर्ने गरी गणतन्त्रलाई फलाउन सबैलाई उनले आग्रह गरे ।

राज्य व्यवस्थाका कारण देश नबनेको भन्दै शसस्त्र विद्रोह भएको र जनआन्दोलन भई सहिदहरुको सहादतबाट गणतन्त्र प्राप्त भएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । कानूनभन्दा माथि तत्कालिन शासकहरु भएका कारण देशको बिकास नभएको स्मरण गर्दै शाहीले अब देश बनाउने जिम्मा सार्वभौमसत्ता सम्पन्न आम नेपाली जनताको काँधमा आएको उल्लेख गरे ।

मुख्यमन्त्री शाहीले गणतन्त्र आएपछि जनताले आफ्नो शासन आफैले गरेका, स्वतन्त्रता पाएका उल्लेख गर्दै गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने र यो दिवसलाई उत्साहको पर्वको रुपमा लिनुपर्ने बताए । मुख्यमन्त्री शाहीले सरकारले हरेक महिनाको १ र १५ गते श्रम दिवस मनाउने गरेको तर अरुको साथ र सहयोग नपाएको गुनासो पोखे ।  

उनले कर्णालीको सरकारबाट अन्य सरकारले श्रमप्रति सम्मान गर्न सिकुन र त्यसबाट देशको समृद्धि होस भन्ने चाहेर उक्त अभियान सुरु गरिएको दाबी गरे । समारोहमा सहभागि भएकाहरुलाई स्वागत मन्तव्य दिदैं आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णालीमा आफूहरु सिरानीमा सुन राखेर सुतिरहेको बताउँदै अब उक्त सुनलाई आकार दिन सुनारको आवश्यकता परेको बताए । उनले अब्बल प्रदेश बनाउने महाअभियानमा सरकार लागि परेको बताउँदै त्यसका लागि सरकार एक्लैले चाहेर नहुने प्रष्ट्याए ।

कर्णाली प्रदेश बनाउन आफ्नो ज्यान बलिदानी दिने ४ जना शहिदहरुलाई कर्णाली प्रदेशले मरोणपरान्त कदर पत्रद्धारा सम्मान गरेको छ । सम्मानित हुने सहिदहरुमा गोपाल सिंह रजवार, टिकाराम गौतम, यामबहादुर विसी र हरिबहादुर कुँवर रहेका छन् । सहिदहरुका आफन्तलाई प्रदेश प्रमुख खनाल र मुख्यमन्त्री शाहीले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा