Skip to content
Friday, July 17, 2026 Nepali Online Media

“म माथी अन्याय भएको छ, ‘मलाई न्याय चाहियो” : निमित्त प्रमुख साह

By साझासवाल 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

जेष्ठ १५, सिरहा । मिर्चैया क्षेत्रमा सुरक्षा व्यवस्था फितलो रहेको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले बताएका छन् । ब्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर यादवले भने ‘दिउंसै गुण्डा आएर कलेज प्रमुखलाई कुटपिट गरेको छ ।’ ‘कुटपिट गर्ने कलेजका पूर्व प्रमुख संजय कुमार साहलाई पक्राउ गरी प्रहरी प्रशासनले तीन दिनमै रिहा गरिएको छ ।’ ‘शान्ति सुरक्षाको अवस्था दयनीय रहेकोले बजार र ग्रामिण क्षेत्रमा गुण्डागर्दी बढ्ेको छ ।’

ब्रह्मचारी दामोदरानन्द कलेज मिर्चैयाका निमित्त प्रमुख उमेश साह कुटिएपछि पूर्वप्रमुखलाई प्रहरीले जेठ ४ गते पक्राउ गरेको थियो । कलेज संचालनको समयमा निमित्त प्रमुख उमेश साहलाई कलेजका पूर्वप्रमुख संजय कुमार साहको नेतृत्वमा रहेको समूहले कलेजमा पुगेर कुटपिट गरेपछि पूर्व प्रमुख साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको थियो । निमित्त प्रमुख साहले भने ‘म माथी अन्याय भएको छ, ‘मलाई न्याय चाहियो ।’ ‘कुटाईले मेरो लेफ्ट साईडको टाउंको भित्री रुपले फ्याक्चर भएको छ भने नाक अझै पनि दुख्ने गरेको छ ।’ ‘पेन किलर खाएर पिडा सहन गरिरहेको छु ।’

करिब ६ बर्षदेखि मधुरी साह कलेजका व्यवस्थापन समितिका अध्यक्ष रहेका छन् । अध्यक्ष साहले आफ्ना भन्जा संजयलाई कलेजको प्रमुख बनाएर जग्गा दान गरिएपनि त्यसको बद्लामा कलेजमा हैकमबादी गरिरहेको कलेजले बताएका छन् ।  मामा–भन्जा मिलेर बिना प्रतिस्पर्धा शिक्षक भर्ना गरेको, कलेजको आय व्यय पारदर्शी नगरी लेखापरीक्षण गरिएको, कर्मचारीहरुलाई लामो समयदेखि तलब उपलब्ध नगराएको संचालक समितिको आरोप रहेको छ ।

कलेजको भवन निर्माणका लागि प्राप्त आएको अनुदान रकम अनियमितता गरेको, कलेजको नाममा विभिन्न निकायमा कीर्ते कागजात पेश गरेको लगायतका आरोप लगाउँदै कलेज संचालक समितिले २०७४ पुस १२ गतेको निर्णय अनुसार तत्कालीन कलेज प्रमुख साहलाई पदमुक्त गरी उप–प्राध्यापक उमेश साहलाई निमित्त कलेज प्रमुख बनाएपछि विवाद चुलिएको हो । संचालक समितिले उमेशलाई निमित्त कलेज प्रमुख बनाएपछि असन्तुष्ट बनेका तत्कालीन प्रमुख साहले उच्च अदालत जनकपुर राजविराज इजलासमा दायर गरेको रिट २०७४ चैत २५ गते खारेज भएको थियो । अदालतले रिट खारेज गरेपछि कलेज संचालक समितिका अध्यक्ष मधुरी साहले अदालतको आदेशको अवहेलना गर्दै २०७४ चैत २६ गतेदेखि लागू हुने गरी संजय कुमार साहलाई कलेज प्रमुख नियुक्त गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

कलेज संचालक समितिको म्याद पछिल्लो मंसिर १६ गते सकिएपछि त्रिविले मधुरी साहलाई समितिको अध्यक्षमा पुनः ६ महिनाको लागि म्याद थपेर पाँच सदस्यीय समिति बनाई विधान संशोधन गर्न जिम्मा दिएको भएपनि उनले कार्यादेश विपरीत कलेज प्रमुख नियुक्त गरेको कलेजले बताए ।

नियमित पठनपाठनको माग सहित गत माघ २४ गतेदेखि विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेपछि निमित कलेज प्रमुख उमेश साहको उपस्थितिमा ४ बुँदे सहमति गरी वैशाख ६ गतेदेखि कलेज संचालनमा आएको हो ।

यता, ईलाका प्रहरी कार्यालय मिर्चैयाका ईन्सपेक्टर श्यामल सुब्बाले भने ‘शान्ति सुरक्षाको निवेदन दिए हामी निमित्त प्रमुख उमेश साहलाई संरक्षण गर्न तयार छु ।’ ‘यसको लागि प्रहरी निगरानी बढाउंछु, अपराधीलाई नियन्त्रणमा लिने जिम्मा हाम्रो हो ।’