Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिराहामा सर्पको टोकाईले युवतीको ज्यान गयो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित, जेष्ठ १६, सिरहा । कल्याणपुर नगरपालिका बडा नं. ६ भोक्राहामा सर्पको टोकाइले एक युबतीको मृत्यु भएको छ । कमला नदिको बगरमा तारबुजा टिप्न गएको बेला सर्पले टोक्दा स्थानिय ततरा मियाँको १६ बर्षीय छोरी अमिदा खातुनको सोमबार ज्यान गएको बडा अध्यक्ष मोतिबुल राइनले बताए ।

युबतीलाई सर्प टोक्दा तत्कालै एम्बुलेन्सको व्यबस्था नहुँदा मृत्यु भएको बडा अध्यक्ष राइनका भनाइ रहेको छ । उनले भने “सर्प टोक्दा एम्बुलेन्स नहुँदा समयमा अस्पताल पुर्याउन नसक्दा युबतीको मृत्यु भएको हो, ढिलो गरी उपचारका लागि बन्दिपुर सेना क्याम्पमा पुग्दा त्यहाँ उपचार सम्भब नहुने डाक्टरले भनेपछि तत्कालै गोरख गण चोहर्बा पुर्याउने बित्तिकै युबतीको मृत्यु भयो ।”

एम्बुलेन्सको कारणले जनताको ज्यान जान नदिनका लागि स्थानिय स्बाथ्य चौकीमा छिट्टै एम्बुलेन्सको व्यबस्था गर्ने बडा अध्यक्ष राइनले बताए ।