१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

नौकुण्मा सार्वजनिक सुनुवाई सम्पन्न

१८ जेष्ठ २०७५, शुक्रबार ०४:१३

जेठ १८, रसुवा | अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)को आयोजनामा रसुवाको बिकट नौकुण्ड गाउँपालिकको पा¥च्याङमा भूकम्प प्रभावितको अवस्था बारे सार्वजनिक सुनुवाई कार्यक्रम ०७५ जेठ १५ गते सम्पन्न भयो । 

कार्यक्रममा प्रमुख अतिथि नौकुण्ड गाउँ पालिका उपाध्यक्ष सिर्जना लामाले पछिल्लो समय सरकारले लगाएको समयमिा पछि आवास निर्माको कामले गति लिएको बताईन् । उनले ८२ प्रतिसत निजि आवास निर्माण भएको र गुनासो रहेका धेरै लाभग्राहीको नाम चाँढै प्रकाशित हुने जानकारी दिदै शिक्षा क्षेत्रको विकासका लागि १५ जना शिक्षक भर्खर नियुक्ती गरेको , दुर्गम क्षेत्र भएकोले स्वास्थ्य र शिक्षाको समस्या रहेको र क्रमस समाधान गर्दै लगेको उहाँले बताए । उनले भूकम्प पछिको पूननिर्माण समस्यालाई केन्द्रमा राखेर काम गरेको बताईन् । 

नौकुण्डगाउँ पालिका प्रमुख कार्यकारी अधिकृत हरिहर कार्कीले भूकम्प प्रभावितको आवास पुनर्निमार्णका लागि सडक संजाल जोड्न कार्यमा गाउँ पालिकाले सक्दो प्रयास गरेको बताए । कार्यक्रममा धनबहादुर तामाङले आवास निर्माण गर्न काठ नपाएकोले फलाम प्रयोग गर्न बाध्यता भएको बताए । धेरैले किस्ता लिन झण्झट भएको बताए । 

नौकुण्ड गाउ पालिका वडा नं ५ का रामकुमार न्यौपानेले भूकम्पको क्षति रसुवाले बिर्सन नसकेको बताए । अहिले पुननिर्माणको कार्यमा काठ अभावले फलाम प्रयोग गर्न परेको तथा नागरिकले राज्यको रकम दुरुपयोग गरेर १ कोठे घर बनाएको समेत बताए । 

स्थानीय गोमा थापाले पानी र फलामको प्रयोग गरेको बताईन् । कमला तामाले आफुले अझै पनि गुनासो गर्न नपाएकोले के गर्ने भन्ने आन्यौलता रहेको बताईन् । 

सामुदायिक बन उपभोक्ता महासंघ रसुवाका अध्यक्ष लीलानाथ न्यौपानेले काठ उपलब्ध गराउन नसकेको बताए । उनले तत्कालीन सरकारले उपलब्ध गराउन नसकेका कारण काठ उपलब्ध नभएको बताए । सामुदायिक वन को बिधान तथा कार्ययोजनाम निर्माणमा ध्यान दिन नसकेका कारण पनि समस्या भएको उनले बताए । 

नौकुण्ड गाउँ पालिका वडा नं ३ का वडा अध्यक्ष मेम्बर सिं तामाङले गुनासोको सिफरिस गरेपनि पुनर्निमार्ण प्राधिकरणले चासो नदिएको बताए । कार्यक्रममा नौकुण्ड ५ का वडा अध्यक्ष गोण्टे ग्याम्दानलगायतकता आफ्नो धारणा राख्नु भयो । 


तस्वीरमा: रसुवाबको बिकट नौकुण्ड गाउ पालिकामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउ पालिका उपाध्यक्ष सिर्जना लामा र प्रमुख प्रशासकीय अधिकृत हरिहर कार्कीलाई नेपाल मानवअधिकार वर्षपुस्तक हस्तान्तरण गर्दै ईन्सेकका रसुवा जिल्ला प्रतिनिधी तथा पत्रकार हेमनाथ खतिवडा । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत