२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सपनाको हिरोसँग प्रशान्त

२०७३, ७ बैशाख मंगलवार ०९:०७

xe7160419f1c3aa314921ff2df647ede6_L.jpg.pagespeed.ic.8dpOLA4SVIकीर्तिपुरस्थित त्रिवि मैदानमा उपस्थित हजारौं दर्शक नेपालको दोस्रो जितको प्रतीक्षामा थिए। तिनैमध्ये १२ वर्षे प्रशान्त न्यौपानेको सपना बेग्लै थियो( सपनाका हिरो कप्तान पारस खड्कासँग भेट्ने, कुराकानी गर्ने र उनीसँग तस्बिर खिचाउने। सोमबार क्रिकेट मैदानमा उनको त्यो रहर त पूरा भयो नै। उनी जसलाई भेट्न पर्वतदेखि धाएर आएका थिए, उसले बनाएको शतकसमेत हेर्ने मौका पाए प्रशान्तले।

नेपालले नामिबियालाई ३ विकेटले हराउँदा पारसले कप्तानी इनिङ खेल्दै शतक बनाएका थिए। खेल जितेपछि पारस साथीहरूसँगै दर्शकलाई अभिवादन गर्न मैदान घुमिरहेका थिए। त्यही मौकामा १२ वर्षेले तस्बिर खिचाए।

सुरुमा उनलाई मैदान छिर्न सुरक्षाकर्मीले दिएन। सुरक्षाकर्मीसँग अनुरोध गर्दै मैदानमा पुगेका प्रशान्तसँग पारसले पनि खुसीसाथ फोटो खिचे। र, पारसले उनलाई डे्रसिङ रुमसम्म लगेर कुराकानी समेत गरे। पारससँग तस्बिर खिचाउने थुप्रै क्रिकेटप्रेमी छन्। तर,प्रशान्त केही भिन्न स्वभावकाभेटिए।

पर्वतको टकलाक गाविसका प्रशान्त दुई वर्षयता पारसको हरेक गतिविधि नियाल्दैछन्। उनले पछिल्लो दुई वर्ष खेलेको खेलको सबै नतिजा ऊसँग छ। पारस बिरामी भएर नर्भिक अस्पताल भर्ना भएदेखि भारत उपचार गराउन गएको मितिसम्म प्रशान्तले कापीमा टिपेर राखेका छन्। पारससँग भेटेर फर्कंदा प्रशान्तको आभा चम्केको देखिन्थ्यो। ’अहिलेसम्म मैदानमा क्रिकेट खेलेको हेर्न पाएको थिइनँ। टिभीमा मात्र पारस दाइले खेलेको हेरेको थिएँ,’ उनले नागरिकसँग भने, ’त्यसैले म आज धेरै खुसी छु।’

पारसले भेटमा राम्रोसँग पढ्न र क्रिकेट खेल्न सुझाएको कुरालाई आफूले हेक्का राख्ने प्रशान्तले सुनाएन। उनको सपना पनि भविष्यमा क्रिकेटर र कृषि विशेषज्ञ बन्नेछ। उनले लक्ष्य सुनाए, ’मेरो लक्ष्य क्रिकेटर र कृषि क्षेत्रमा काम गर्ने छ। फुर्सदको समय कृषिमा दिन सकिन्छ। नेपाल कृषिप्रधान देश हो। अहिले रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ। म कृषि क्षेत्रमा पनि राम्रो गर्ने कोसिस गर्छु।’

केही वर्षअघि नै उनलाई क्रिकेट खेल्ने इच्छा थियो। तर, गाउँमा साथीहरू नहुँदा प्रशान्तको क्रिकेट खेल्ने चाहना पूरा भएको थिएन। त्यतिखेर गाउँमा क्रिकेट खेल हुन्छ भन्ने थाहा नभएको सुनाउँछन् उनी। प्रशान्तले टेलिभिजन हेरेर क्रिकेटबारेमा थाहा पाएका थिए। क्रिकेट खेल हुन्छ भनेर गाउँलेलाई देखाउन कप्तान पारस खड्काको रेकर्डहरू संकलन गर्न थालेको उनले सुनाए। उनले भने, ’मेरो गाउँमा क्रिकेट खेल हुन्छ भन्ने थाहा छैन। त्यही कुरा बुझाउन पारस दाइको रेकर्ड र उहाँको बारे जानकारी बटुल्न थालेको हुँ। पछि साथीहरूले कुरा बुझेका छन्। अहिले हामीसँगै क्रिकेट खेल्ने गर्छौं।’

प्रशान्तका बुबा रुकमांगत अबलांग छन्। छोरा प्रशान्तसँगै उनी सोमबार क्रिकेट हेर्न ह्विलचेयरमा कीर्तिपुर पुगेका थिए।

रुकमांगतको पर्वतमा कृषि फर्म छ। प्रशान्तको क्रिकेटप्रतिको लगाव देखेर कृषिका विद्यार्थी सञ्जय काफ्लेले उनलाई काठमाडौंमा क्रिकेट हेर्ने र पारसलाई भेट्ने चाँजोपाँजो मिलाएका हुन्। भविष्यमा क्रिकेटर बन्ने सपना बुनेका प्रशान्तलाई पारसले ग्लोभ्स उपहार दिएका छन्। त्यो पाउँदा उनी दंग थिए।

प्रशान्तलाई अहिले काठमाडौंमा बस्न पर्वत क्रिकेट र ग्रेट हिमालयन क्रिकेट एकेडेमीले सहयोग गरेका छन्। एकेडेमीका अध्यक्ष सुदीप शर्माले प्रशान्तको क्रिकेट लगावका कारण उनलाई खेल्ने वातावरण मिलाइदिने बताए। उनले भने, ’उनीसँग भेट्दा हामीलाई अचम्म लागेको छ। सानै उमेरमा उनको लक्ष्य सुन्दा छक्क लाग्छ। उनले क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावना छ। उनको चाहना पूरा गर्न हामी सहयोग गर्छौं।’

–नागरिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ