2026-06-30 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सफा कुस्मा अभियानमा हास्य कलाकारहरु सरिक

जेसिस पर्वतको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्लामा रहेका युवाहरुलाई जागरुक र सशक्त बनाउने अभियानका साथै आज बेलुका सम्पनन व्लू डाइमण्ड हाँस्य व्यङ्ग कार्यक्रम अन्तरगत पर्वतमा आएका कलाकारलाई प्रजिअ झंकनाथ ढकाललको नेतृत्वमा चलेको सफा कुस्मा अभियानमा सरिक बनाउने भएको छ ।

सफा कुस्मा अभियानको २० औ हप्ताको अबसरमा हाँस्यकलाकार मनोज गजुरेल, दिपेश शाह, जादुगर तथा हाँस्यकलाकार महादेव त्रिपाठी, जानुवी बोहोरा, मिलन अर्याल मेरी बास्यैका मुलाका साग सुरेन्द्र केसी, शिवशंकर रिजाल लगाएतका आधा दर्जन भन्दा बढी राष्ट्रिय कलकार सफा कुश्मा अभियानमा सहभागी हुने भएका हुन । यो अबसर जेसिस पर्वतले जुराएकोमा स्थानीयले प्रशंसा गरेका छन् ।

आजको हाँस्य व्यङ्ग्य कार्यक्रममा पनि जिल्लाको सरसफाईमा सहयो पुगोस भन्नको लागि जेसिजले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । उक्त कार्यक्रमबाट उठेको रकम जिल्लाको सरसफाइको लागि खर्च गरीने जेसिजका अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिए । उक्त हाँस्य व्यङ्ग्य कार्यक्रमबा २ लाख उठाउने लक्ष्य राखिएको र झण्डै १ लाख ५० हजार रकम संकलन भएको समेत श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सरसफाइ अभियानको अबसरमा कलाकारलाई समेत उक्त अभियानमा संलग्न गराउने र आजनै बजारको विभिन्न ठाउँमा डस्पीन लगाएतका फोहोर संकलन गर्ने बस्तु समेत राखिने आयोजक जेसिजले जनाएको छ । कार्यक्रमबाट संकलन भएको रकम जिल्लाको सरसफाई अभियानको लागि खर्च गर्ने समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक