२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सफा कुस्मा अभियानमा हास्य कलाकारहरु सरिक

८ बैशाख २०७३, बुधबार ०२:३८

जेसिस पर्वतको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्लामा रहेका युवाहरुलाई जागरुक र सशक्त बनाउने अभियानका साथै आज बेलुका सम्पनन व्लू डाइमण्ड हाँस्य व्यङ्ग कार्यक्रम अन्तरगत पर्वतमा आएका कलाकारलाई प्रजिअ झंकनाथ ढकाललको नेतृत्वमा चलेको सफा कुस्मा अभियानमा सरिक बनाउने भएको छ ।

सफा कुस्मा अभियानको २० औ हप्ताको अबसरमा हाँस्यकलाकार मनोज गजुरेल, दिपेश शाह, जादुगर तथा हाँस्यकलाकार महादेव त्रिपाठी, जानुवी बोहोरा, मिलन अर्याल मेरी बास्यैका मुलाका साग सुरेन्द्र केसी, शिवशंकर रिजाल लगाएतका आधा दर्जन भन्दा बढी राष्ट्रिय कलकार सफा कुश्मा अभियानमा सहभागी हुने भएका हुन । यो अबसर जेसिस पर्वतले जुराएकोमा स्थानीयले प्रशंसा गरेका छन् ।

आजको हाँस्य व्यङ्ग्य कार्यक्रममा पनि जिल्लाको सरसफाईमा सहयो पुगोस भन्नको लागि जेसिजले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । उक्त कार्यक्रमबाट उठेको रकम जिल्लाको सरसफाइको लागि खर्च गरीने जेसिजका अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिए । उक्त हाँस्य व्यङ्ग्य कार्यक्रमबा २ लाख उठाउने लक्ष्य राखिएको र झण्डै १ लाख ५० हजार रकम संकलन भएको समेत श्रेष्ठले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सरसफाइ अभियानको अबसरमा कलाकारलाई समेत उक्त अभियानमा संलग्न गराउने र आजनै बजारको विभिन्न ठाउँमा डस्पीन लगाएतका फोहोर संकलन गर्ने बस्तु समेत राखिने आयोजक जेसिजले जनाएको छ । कार्यक्रमबाट संकलन भएको रकम जिल्लाको सरसफाई अभियानको लागि खर्च गर्ने समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान इजरायली बन्धकहरुको रिहाइ रोक्ने हमासको निर्णयपछि ट्रम्पले दिए कडा चेतावनी अमेरिकामा एक निजी विमान अर्को विमानसँग ठोक्किँदा दुर्घटना, एकको मृत्यु तीन घाइते कमलपोखरीको सानदार मम पसलमा आगलागी हुँदा घाइते भएका २ जनाको मृत्यु आज पनि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ७० हजारभन्दा माथि डा. बाबुराम भट्टराईको नेसपाको महाधिवेशन आज सकिँदै आज तीन संसदीय समितिको बैठक बस्दै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु धरहरा चढ्ने समय बढ्यो, हालसम्म १ करोड ५२ लाख राजस्व सङ्कलन प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ! यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर मौसम :उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना गाडीसँग मोटरसाइकल ठोक्किँदा पछाडि बस्ने युवकको मृत्यु, चालक घाइते बालेनको स्वरमा फिल्म ‘लाज शरणम्’को गीत ‘नेपाल हाँसेको’(भिडियोसहित)