2026-08-30 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निजी प्राविधिक शिक्षालय महासंघको अधिवशेन

‘दक्षजनशक्तिका लागि प्राविधिक शिक्षा अपरिहार्य’

सुर्खेत १९ जेठ ।प्राविधिक शिक्षाका माध्यमबाट बेरोजगारी समस्या समाधान गर्न सकिने भन्दै स्थानीय तहमा प्राविधिक शिक्षाका लागि सहज र सुलभ वातावरण बनाउनु पर्ने एक कार्यक्रमका सहभागिहरुको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा निजी प्राविधिक शिक्षालय महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै कर्णाली प्रदेश प्रमुख दुर्गा केशर खनालले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्न तथा व्यवसायिक बनाउन प्राविधिक शिक्षाको आवश्यक भएको बताए ।

कर्णाली प्रदेशको भौगोलिक अवस्था र यहाँको आर्थिक बिकासका सम्भावनाहरुका आधारमा पनि प्राविधिक शिक्षा अपरिहार्य भएको उनको भनाई छ । ‘कर्णालीमा व्यवसायिक क्षमताको बिकासका लागि प्राविधिक शिक्षाको आवश्यकता अझ बढी छ’ प्रदेश प्रमुख खनालले भने, ‘व्यक्तिलाई जागिरका लागि मात्र नभई व्यवसायिक र स्वरोजगारका लागि पनि प्राविधिक शिक्षा उत्तिकै आवश्यक छ ।’ प्राविधिक शिक्षाले युवाहरुलाई बिदेश पलायनबाट रोक्ने पनि उनको भनाई छ ।कर्णाली प्रदेशमा व्यवसायमूलक शिक्षाको खाँचो रहेको भन्दै उनले कृषि पेशालाई आधुनिकीकरण गर्न र विदेश युवाहरुलाई बिदेश पलायन हुनबाटरोक्न प्राविधिक शिक्षामै जोड दिनुपर्ने बताए ।

सिटिईभीटीका क्षेत्रीय निर्देशक यादव सुवेदीले प्राविधिक शिक्षाका कारण मुलुकमा अहिले बेरोजगारीको संख्या कम हुँदै गएको दावी गरे । ‘दक्ष जनशक्तिको रुपमा अहिले प्राविधिक बिषय पढेको जनशक्ति कामविहीन हुनु परेको अवस्था छैन’ उनले भने, ‘देशको आवश्यकता र नागरिकको माग अनुसार दक्ष जनशक्ति उत्पादन भएको छ ।’ मुलुक विकट र दुर्गम स्थानमा पनि प्राविधिक शिक्षाको पहुँच पु¥याउने लक्ष्यका साथ सिटिइभिटिईले योजना बनाई रहेको जनाकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले दिगो बिकासका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक शिक्षा अपरिहार्य भएको बताए । उनले कुनै पनि प्राविधिक बिषय अध्ययन गरेका जनशक्ति बेरोजगार बस्नु नपरेको भन्दै प्राविधिक शिक्षाका लागि नगरपालिका सहकार्य गरी अगाडि बढ्न तयार रहेको बताए । उनले वीरेन्द्रनगरले प्राविधिक शिक्षाका लागि योजना बनाई कार्यान्वयन गर्ने बताए ।

महासंघका कर्णाली प्रदेश अध्यक्ष धर्मराज गिरीले निजी प्राविधिक शिक्षालयहरुले गाउँगाउँमा रोजगारी सिर्जना गरी बेरोजगारीको प्रतिशत घटाएको दावी गरे  । कर्णाली प्रदेशजस्तो विकट रअशिक्षित ठाउँमा प्राविधिक शिक्षाको माग र महत्व बढेको भन्दै राज्यले प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए । अधिवेशनमा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय उपाध्यक्ष अरुण पाण्डे, केन्द्रीय सदस्य त्रिलोचन पौडेल, भेरी प्राविधिक शिक्षालयका सहप्राचार्य पारस खड्कालगायतले रोजगारी उत्पादनमा प्राविधिक शिक्षालयहरुले भूमिका महत्वपूर्ण भएको बताए ।

अध्यक्षमा गिरी सर्वसम्मत

निजी प्राविधिक शिक्षालय महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा सुर्खेतका धर्मराज गिरी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार वीरेन्द्रनगरमा भएकोमहासंघको प्रथम अधिवेशनले गिरीलाई अध्यक्षतामा सात सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो । नव गठित समितिको उपाध्यक्ष उपेन्द्रबहादुर खड्का, सचिव मातृकाप्रसाद रिजाल, कोषाध्यक्ष अशोककुमार सिंह र सदस्यहरुमा हिक्मत वली, राजेन्द्र शर्मा र कृष्णप्रसाद ढकाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने