२९ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सफा कुश्मा अभियानमा प्रजिअलाई कलकारको साथ

८ बैशाख २०७३, बुधबार ०६:३४

13010799_980392215348866_5207565256855002774_n-1-650x382पर्वत, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा श्ुरु भएको सफा कुश्मा अभियानले २० औं हप्ता पार गरेको छ । २० औं हप्ताको अभियान अरु हप्ता भन्दा अलि फरक र पुथक पनि बन्यो । कारण थियो अभियानमा राष्ट्रिय कलाकारको सहभागीता ।

२० औं हप्ताको अबसरमा सधै प्रशासनीक निकाय र सरकारी कार्यालयका कर्मचारी, केहि संघसंस्था मात्रै हुने गरेता पनि २० औं हप्तामा भने ठूलो जनसहभागिता र¥यो जसका कारण पनि २० आं हप्ता अभियानको लागि सर्थक बन्यो । कुश्माबजारलाई हराभरा बनाउने उद्धेश्यले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले शुरुवात गरेको अभियान अन्तर्गत २० औ हप्ताको कार्यक्रम अन्तर्गत गजुरेल सहित नेपालका चर्चित कलाकारहरुको उपस्थितिले पनि कार्यक्रमलाई थप प्रभावकारी बनायो ।

अभियानमा चर्चित हास्य कलाकार मनोज गजुरेल, नेपालकै होचा व्यक्ति दिपेन शाह, नायिका जानुवि बोहोरा, जादुगर कलाकार महादेव त्रिपाठी, गायिका मिलन अमात्य, कलाकार सुरेन्द्र केसी र शिवशंर रिजाल लगायतको सहभागिता थियो ।  बातावरण संरक्षणमा हामी सवैको हातेमालो भन्दै उनिहरु पनि मुखमा माक्स, हातमा पन्जा र कुचो लिएर कुश्माबजार सरसफाईमा निस्किएका थिए ।12985543_886325008145930_3876451874595797603_n

सरसफाई अभियानमा सघाउने उद्धेश्यले आवश्यक आर्थिक संकलन गर्न पर्वत जेसीजले आयोजना गरेको व्ल्यु डाईमण्ड हास्यव्यंग्य कार्यक्रममा सहभागि हुन आएका कलाकारहरु सरसफाई अभियानमा समेत सहभागि भएकोमा पर्वत प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सकारात्मक रुपमा लिएको बताए।  कुश्मा बजारलाई स्वाच्छ र हराभरा तथा सफा बनाएमा यो क्षेत्रलाई हेर्नेहरुको नजरमा नै फरक पर्ने बताए । उनले थपे यो कुश्मा बजारको सफाई कुनै एक ब्यक्तीको लागि मात्रै नभएकोले स्थानियलाई सक्रिय भएर लाग्न समेत आग्रह गरे ।

कलकार अभियानमा सहभागी भएपछि जनसहभागी पनि उल्लेखनीय मात्रमा रहेको थियो । यता बागलुङ नगरपालिकालाई स्वच्छ, सफा सफा बाग्लुङ अभियानले निरन्तरता पाएको छ । पर्वतका अभियान संचालन भएसँग छिमेकी जिल्लामा पनि अभियानको थलानी गरिएको थियो । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा प्रत्येक महिनाको दोस्रो र अन्तिम बुधवार गरिने नियमित सरसफाई अभियान कार्यक्रम अन्तरगत नगर सरसफाई गरिदै आइरहेका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान