ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ल"/>

३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा आधुनिक तथा विद्युतीय माध्यमका २१ नयाँ उपकरण निर्माण

२० जेष्ठ २०७५, आईतवार ०८:२०

जेठ २०, नुवाकोट | ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँका विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण निर्माण गरेका छन् । 


लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण प्रयोगमा ल्याएका हुन् । 

उक्त उपकरण लिखु गाउँपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीमा समेत राखिएको छ । 

अध्ययनका क्रममा सिकेको सीपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिनुभयो । 

“बट्टारस्थित शुभेनियर बोर्डिङ स्कूलबाट २०७२ सालको माध्यमिक शिक्षा परीक्षामा लिखु गाउँपालिकाबाट सहभागी विद्यार्थीमात्र क्लबमा आबद्ध छाँै ।” अध्यक्ष पाण्डेले भन्नुभयो, “विद्यालय तह, दश जोड दुई र अहिले केन्द्रीय क्याम्पसमा डिप्लोमा इन इञ्जिनियर अध्ययनका क्रममा पाठ्यक्रममा उल्लिखित विषयवस्तुको सहयोगले नयाँ उपकरण बनाउन सफल भएका हाँै ।” 

राति आफैँ बल्ने र दिउँसो आफँै निभ्ने बत्ती, सेन्सरमार्फत चल्ने स्वचालित धारो र पानी तान्ने उपकरण, हाइड्रोलिक डोजर, विद्युतीय नियन्त्रक अन्य उपकरण दैनिक जीवनमा प्रयोग गरी लाभ लिन सकिने क्लबका उपाध्यक्ष जनार्दन ढकालले जानकारी दिनुभयो । 

“ड्रोनको निर्माण अन्तिम चरणमा पुगेको र अब परीक्षणको क्रममा छ तर सञ्चालन तथा उपयोगका लागि कानूनी समस्याले ढिलाइ भइरहेको छ”, ढकालले भन्नुभयो । 

एक्काइस प्रकारका नयाँ आविष्कार निर्माण गर्न रु पाँच लाख खर्च भएको र त्यसमा केही लिखु गाउँपालिकाको समेत सहयोग छ । “सामग्री खरिदमा धेरै लगानी नहुने भए पनि यसमा मेहनत खर्चनु पर्र्छ ।” उहाँले भन्नुभयो, “ अब हामीले मानिसको दैनिकीमा सहयोग पुग्न ेखालका उपकरण निर्माणमा लाग्ने सोच बनाएका छौँ ।” 

क्लबमा आबद्ध विद्यार्थी हाल सुरक्षा प्रणाली, सेन्सर, स्वचालित र रोबर्ट प्रणालीलगायतका उपकरण निर्माणमा जुटेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ