ल"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ल"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा आधुनिक तथा विद्युतीय माध्यमका २१ नयाँ उपकरण निर्माण

२०७५, २० जेष्ठ आईतवार ०८:२०

जेठ २०, नुवाकोट | ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँका विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण निर्माण गरेका छन् । 


लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत विद्यार्थी मिलेर क्लबमार्फत ड्रोन, सुरक्षा संवेदनशीलता उपकरण, हाइड्रोलिक डोजर, सेन्सरलगायतका पछिल्लो समयको विकसित आधुनिक उपकरण प्रयोगमा ल्याएका हुन् । 

उक्त उपकरण लिखु गाउँपालिका–१ स्थित नारायणदेवी माविमा प्रदर्शनीमा समेत राखिएको छ । 

अध्ययनका क्रममा सिकेको सीपलाई अभ्यासको माध्यमबाट व्यवहारमा उतार्न सफल भएको क्लबका अध्यक्ष नरेश्वर पाण्डेले जानकारी दिनुभयो । 

“बट्टारस्थित शुभेनियर बोर्डिङ स्कूलबाट २०७२ सालको माध्यमिक शिक्षा परीक्षामा लिखु गाउँपालिकाबाट सहभागी विद्यार्थीमात्र क्लबमा आबद्ध छाँै ।” अध्यक्ष पाण्डेले भन्नुभयो, “विद्यालय तह, दश जोड दुई र अहिले केन्द्रीय क्याम्पसमा डिप्लोमा इन इञ्जिनियर अध्ययनका क्रममा पाठ्यक्रममा उल्लिखित विषयवस्तुको सहयोगले नयाँ उपकरण बनाउन सफल भएका हाँै ।” 

राति आफैँ बल्ने र दिउँसो आफँै निभ्ने बत्ती, सेन्सरमार्फत चल्ने स्वचालित धारो र पानी तान्ने उपकरण, हाइड्रोलिक डोजर, विद्युतीय नियन्त्रक अन्य उपकरण दैनिक जीवनमा प्रयोग गरी लाभ लिन सकिने क्लबका उपाध्यक्ष जनार्दन ढकालले जानकारी दिनुभयो । 

“ड्रोनको निर्माण अन्तिम चरणमा पुगेको र अब परीक्षणको क्रममा छ तर सञ्चालन तथा उपयोगका लागि कानूनी समस्याले ढिलाइ भइरहेको छ”, ढकालले भन्नुभयो । 

एक्काइस प्रकारका नयाँ आविष्कार निर्माण गर्न रु पाँच लाख खर्च भएको र त्यसमा केही लिखु गाउँपालिकाको समेत सहयोग छ । “सामग्री खरिदमा धेरै लगानी नहुने भए पनि यसमा मेहनत खर्चनु पर्र्छ ।” उहाँले भन्नुभयो, “ अब हामीले मानिसको दैनिकीमा सहयोग पुग्न ेखालका उपकरण निर्माणमा लाग्ने सोच बनाएका छौँ ।” 

क्लबमा आबद्ध विद्यार्थी हाल सुरक्षा प्रणाली, सेन्सर, स्वचालित र रोबर्ट प्रणालीलगायतका उपकरण निर्माणमा जुटेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै