2026-10-15 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको तयारी

जेठ २० धादिङ | थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन । 

डिभिजन सडक कार्यालयले पटक÷पटक म्याद थपेर पनि काम नगरेपछि कालोसूचीमा राखेर पुनःठेक्का लगाएको छ । 

सडक डिभिजन कार्यालयले कारबाही भने गर्न सकेको छैन । 

गत वर्ष नै निर्माण गरिसक्नुपर्ने नाना कन्सट्रक्सनले धुषा स्वास्थ्यचौकी भवन, हुलाकभञ्ज्याङ चैनपुर बाँकोटघाट सडकस्तर उन्नती, गल्छीपुल डुम्रीचौर सडक, चिसापानी कोइलीखर्क सडक स्तरोन्नतिलगायत काम सम्पन्न भएको छैन । 

गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदार कम्पनीको विवरण तयार गरी मन्त्रालयमा पठाइएको र आदेश आएपछि कारबाहीको प्रक्रियामा जाने सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताउनुभयो । 

डिभिजन सडक कार्यालय चितवनको १३ वटा ठेक्का, जिल्ला प्राविधिक कार्यालयको तीनवटा तथा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको आठवटा ठेक्काको काम ठेकेदार कम्पनीले सन्तोषजनक रुपमा गर्न नसकेको विवरण गृहमन्त्रालयमा पठाइएको ढकालले बताउनुभयो । 

सडक, पुल, स्वास्थ्य चौकी, सडकको स्तरोन्नतिलगायत काम ओगटेर तोकिएको समयमा काम नगर्ने ठेकेदार तथा ठेकेदार कम्पनीलाई काम सन्तोषजनक नभएमा तत्कालै कारबाही गर्न सकिने प्रावधान छ । 

पटक÷पटक विभिन्न कारण देखाएर सम्झौताको म्याद थप गर्ने गरिएपछि काममा लापरबाही हुने गरेको र गुणस्तरमा समेत सम्झौता हुने गरेको छ । विभिन्न २४ वटा योजनामा ठेक्का लिएका २० वटा ठेकेदार कम्पनीले तोकिएको समयमा काम नगरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने