<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... <"/>
2026-09-19 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा झण्डै चार हजार लिटर अवैध घरेलु मदिरा नष्ट

ताराबहादुर महत । जेष्ठ २१, दोलखा । ‘अवैध घरेलु मदिरा नियन्त्रण सप्ताह’ मनाउने क्रममा दोलखा प्रहरीले ठुलो मात्रामा अवैध घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरेको छ ।

यहि जेठ १३ गतेदेखि १९ गतेसम्म सप्ताह मनाउने क्रममा जिल्लाका विभिन्न ग्रामिण तथा शहरी क्षेत्रमा अवैध रुपमा उत्पादन गरी विक्रि वितरणका लागि तयार पारिएको ३ हजार ७ सय ४४ लिटर घरेलु मदिरा नष्ट गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मदिरा बनाउन प्रयोग गरिने १० हजार ७ सय ५९ लिटर कच्चा पदार्थ र ४ सय ५० बोट गाँजा फँडानी गरी स्थानियको रोहबरमा नष्ट गरिएको छ ।

जिल्लामा शान्ति सुरक्षा र अपराधको अवस्था हेर्दा अधिकांश अपराधिक घटना मादक पदार्थ तथा लागु पदार्थको सेवनका कारण निम्तिएको पाईएपछि यसपटक सप्ताहव्यापी रुपमै अवैध घरेलु मदिरा नियन्त्रण अभियान संचालन गरिएको प्रहरी प्रमुख कार्कीको भनाई छ । मदिरा नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय र माताहतका प्रहरी युनिटबाट प्रहरी टोली परिचालन गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई