2026-09-13 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

शिक्षा र स्वास्थ्य क्षेत्रमा पछाडी पर्दै पछाडी २ नम्बर प्रदेश

राम नारायण पंडित/जेष्ठ २१, सिरहा। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सातवटै प्रदेशमध्ये मानव सुचांकमा प्रदेश न.२ कमजोर रहेको छ । जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले भने शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रमा लगानी अनुसारको उपलब्धी नरहेको वताउनुभयो । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा सिरहाको लहानमा शनिवार आयोजित सेवाग्राही र सेवाप्रदायक बीच जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ठाकुरले भने सरकारले लगानी गरे अनुसारको उपलब्धी हासिल गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्नुभयो । 

सभापति ठाकुरले शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रलाई प्रभावकारी बनाउनका लागि आम नागरिकको नैतिक जिम्मेवारी भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो । शिक्षा  क्षेत्रमा देखिएको विकृतिलाई समाधान गर्नका लागि कमाउ धन्दा छोडेर सेवाको भावनामा लाग्नुपर्ने वताए । 

सिरहा जिल्लामा शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनका लागि स्थानीय सरकारको महत्वपुर्ण भुमिका रहेको वताए । जनप्रतिनिधिहरु आफनो जिम्मेवारी पुर्णरुपमा पालन गरे धेरै समस्याहरु समाधान हुने वताए । स्थानीय तहमा जिम्मेवारी दिएअनुसार काम गर्न नसकेको वताए । 

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका उपसभापति सरोज कुमार यादवका अनुसार जिम्मेवारीबोद्य नहुदा सबै क्षेत्रमा समस्या कायमै रहेको वताए । स्थानीय तहको पश्चात सेवाग्राहीहरुले पाउने अवसर नपाएको प्रति दुख व्यक्त गरे । सिरहाको शिक्षा क्षेत्र शिक्षक र राजनैतिक चरित्रका कारण धाराशायी बन्दै गएको देखिन्छ । शिक्षकहरु ीवधालयमा पढाउन छाडेर शिक्षा कार्यालय धाउने र गफ गरेर विधालयमा समय विताउने प्रबृति काएमै रहेको वताए । 

शिक्षा क्षेत्रको विकृति हटाउनका लागि शिक्षक इमान्दार हुनुपर्ने तर्क गरे । 

उपसभापति यादवले भने स्वास्थ्य क्षेत्रको समस्या समाधानमा स्थानीय सरकार लाग्नुपर्ने वताए । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा देखिएको विकृति हटाउनका लागि स्थानीय सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने वताए । सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष महत्वका दिएको छ तर आम नागरिकले राज्यले प्रदान गरेको सेवा सुविधामा सहज पहुच हुन नसकेको प्रति चिन्ता व्यतm गर्नुभयो । 

किसानहरु समयमा मलखाद्य नपाएर कृषि क्षेत्रमा लगानी अनुसारको आम्दानी हुन पाइरहेको छैन । यसलाई सहज रुपमा समयमा मलखाद्य र बिउबिजन र किटनाशक औषधी सहज र सरल रुपमा किसानलाई उपलब्ध गराउने वतावरण मिलाउन स्थानीय सरकारलाई आग्रह गरेका थिए । 

कार्यक्रममा लक्ष्मीपुर पतारी गाउपालिकाका अध्यक्ष रामवल्लभ साहले भने शिक्षा,स्वास्थ्य र कृषि क्षेत्र गाउपालिकाको प्राथमिकतामा रहेको वताए । सरकारले स्थानीय तहलाई अधिकार मात्र दिएर हुदैन कर्मचारी पनि दिनुपर्छ नभए काम गर्न असहज हुने वताए । 

लक्ष्मीपुर पतारी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र महतले भने इन्सेकले पहिचान गरेका समस्याहरु मध्ये गापाले केही समाधान गरिसकेको छ । तर केही समस्या यथावत रहेको वताए । कर्मचारी अभाव र कानुन निमार्णमा ढिलाई हुदा अन्य समस्याहरुमा तत्काल काम गर्न नसकेको वताए । कार्य्विधि अनुसार काम गर्नका लागि आवश्यक जनशतिm नभएको हुदा सानो समस्याहरु पनि ठुलो रुपम लिने गरेको छ । 

कार्यक्रममा प्यावसन प्रदेश न.२ का संयोजक मुरारी साहले भने शिक्षामा देखिएको समस्या शिक्षकहरु अधिकाशं घरपायका हुन्छन् र समयमा विधालय जान सक्दैनन । त्यसकारण शिक्षकलाई घरपायक नपर्ने गरि आफनो जिम्मेवारी इमान्दारीता पुर्वक निर्वाह गरे शिक्षको समस्या समाधान हुने वताए । विधार्थी निजि विधालयमा तर विधार्थीको नामांकन सरकारी स्कुलमा हुने गरेको वताए । शिक्षालाई प्रभावकारी वनाउनका लागि अभिभावकको महत्वुर्ण भुमिका हुने वताए । विधालयको अबस्था वारेमा अभिभावकहरु सोधिखोजी गरे समान्य समस्या समाधान हुने वताए । 

प्यावसनका सल्लाहकार राकेश झाले भने राजनैतिक दलका प्रतिनिधि इमान्दार भए सबै क्षेत्रको समस्या समाधान हुने वताए । सबै अधिकार स्थानीय तहमा अँइसकेको अबस्थामा आफुले चाहे अनुसारको परिवर्तन ल्याउन सक्ने वताए । जनप्रतिनिधिहरु समयमा  कार्यालय पुगे अन्य सबै कर्मचारीहरु पनि नियमित रुपमा आफनो जिम्मेवारी निर्वाह गर्न बाध्य हुने वताए । शिक्षालाई प्रभावकारी वनाउनका लागि विषयगत शिक्षक र नियमित अनुगमन गरि कमजोरीका कारणलाई नियमन गर्नुपर्ने वताए । 

कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिरहाका अधिकृत सरोज कर्णका अनुसार स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि स्थानीय सरकार नै अग्रसर हुनु पर्ने वताए । कर्णले भने गाउपालिकामा वर्थिगं सेन्टर र भौतिक सामग्रीको अभावका कारण ग्रामीण तहमा राज्यले दिएको सुविधा उपभोग गर्न पाएका छैनन । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा प्रवाह गर्नका लागि रणनीतिक योजना बनाई सेवा प्रवाह सहज र सुलभ वनाउनुपर्ने वताए । 

जिल्ला स्तरिय मानव अधिकार निगरानी समुह सिरहाका उपसंयोजक रेणु कुमारी कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिरहाका सरोकारवालाहरु र सेवाग्राहीहरुको सभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन