2026-09-19 07:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको कुस्मा नगरमा किशोरीले थाले मदिरा नियन्त्रण अभियान

जेठ २१, पर्वत | पर्वतको कुस्मा नगरपालिका –१४ आर्थर डाडाँखर्कमा किशोरीहरुले मदिरा नियन्त्रण अभियान शुरु गरेका छन ।

जथाभावी मदिरा सेवन र बिक्री बितरण गर्दा समाजमा हिंसा, असुरक्षा बढेको भन्दै आर्थर युवा महिला सञ्जालको अगुवाईमा मदिरा नियन्त्रण अभियान शुरु गरेका हुन ।

मदिरा नियन्त्रण अभियान शुरु गरेका किशोरीहरुले वडामा आइबार जनचेतनामुलक र्याली गरेका छन । साविकको आर्थर डाडाँखर्क गाबिसका सबै वडाहरुमा पुगेर जथाभावी मदिरा बिक्री नगर्न र मदिरा सेवनबाट हुने बेफाइदाका बारेमा जनेचतना जगाएका छन ।

अभियान अन्तर्गत शुरुमा जनचेतना जगाउने र त्यसपछि आवश्यकता अनुसार अन्य कार्यक्रम गरिने सञ्जालले जनाएको छ ।

युवा महिला सञ्जालमा आबद्ध किशोरीहरुले मदिरा नियन्त्रणका लागि वडाका जनप्रतिनिधी र महिला समहुहरुसंग समेत सहकार्य गरेको वडा सदस्य होमनाथ रिमालले जानकारी दिए । युवा महिलाहरुको सक्रियतालाई वडाले प्रोत्साहन गरेर मदिरा नियन्त्रणका लागि आवश्यक निर्णयहरु समेत गर्न लागेको छ । आर्थरमा भित्रीने सवारी साधनलाई मदिरा नबोक्न आग्रह गर्ने, जथाभावी रुपमा मदिरा बिक्री र सेवन नगर्न सबैलाई आग्रह गर्ने र गरेको पाईएमा कानुनी कारबाही गरिने सदस्य रिमालले बताए ।

मदिरा नियन्त्रण अभियानलाई प्लान इन्टरनेशनल र इन्प्रेड नेपालले समेत सघाएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई