Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लागुऔषध दुब्र्यसनि विरुद्ध जुम्ली विद्यार्थीको अभियान

By kit 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

जेठ २१, जुम्ला | जुम्लाका विद्यार्थी लागुऔषध दुब्र्यसनि विरुद्धको अभियानमा लागेका छन् । पछिल्लो चरण जिल्लाका विद्यार्थी तथा युवायुवतिहरुमा लागुऔषध दुब्र्यसनिको क्रम बढ्दै गएपछि त्यसलाई न्युनिकरण गर्न विद्यार्थीले नै अभियान संचालन गरेका हुन् । अभियानको नेतृत्व प्राज्ञिक विद्यार्थी परिषद नेपाल, जुम्ला नगर ईकाई समितिले गरेको छ ।

भने त्यसमा जुम्ला बहुमुखि क्याम्पस तथा विभिन्न विद्यालयमा अध्ययनरत हजारौ विद्यार्थीहरुले साथ दिएका छन् । अभियानको पहिलो चरणमा आईतबार कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत २ सय बढि विद्यार्थीहरुलाई लागुऔषध दुब्र्यसनिबारे जानकारी दिनुका साथै उनिहरुसँग अन्र्तक्रिया गरीएको छ । लागुऔषद दुव्र्यसनिमा फसेका विद्यार्थी तथा युवायुवतीलाई त्यसको लतबाट छुटाउन निस्वार्थ यस्तो अभियान संचालन गरीएको विद्यार्थीले बताएका छन् ।

सडकको विस्तार, उद्यमशिलता तथा शिक्षाको अभाव र परिवारको प्रत्यक्ष निगरानी नहुनु जस्ता कारणले यँहाका हजारौ युवायुवति लागुऔषध दुव्र्यसनीमा फसेका छन् । ‘उनिहरुलाई लागुऔषधको लतबाट छुटाउन जनचेतनामुलक कार्यक्रमको खाँचो छ, अब हामि त्यसको नेतृत्व गर्छौ’ प्राज्ञिक विद्यार्थी परिषद, नगर ईकाई समितिकि सहसचिब सारदा पछाईले भनिन्, ‘यस्तो अभियान जिल्लाका सरकारी तथा गैर सरकारी निकाय र स्थानिय तहलेनै गर्नुपर्ने हो । यँहाका हजारौ हजार युवायुवति र विद्यार्थी लागुऔषध दुब्र्यसनिमा लुप्त भैसक्दा पनि सबै मौन छन् । त्यसैले हामिले पनि प्रहरीसँगै निस्वार्थ रुपमा अभियान संचालन गरेका हौँ ।’

सबै काम गर्न बजेटको मात्र आवाश्यक नहुने भन्दै मन र जाँगर भए गर्न सकिन्छ, भन्ने विद्यार्थीले शुरु गरेको यो अभियान उदाहरण बनेको छ । अभियानलाई सार्थक बनाउन तथा लागुऔषध दुव्र्यसनी मुक्त जिल्ला निर्माण गर्न सबै निकायले आ आफ्नो क्षेत्रबाट सहयोग र साथ दिन सहसचिब सारदा पँछाईले अनुरोध गरीन् । यो अभियानमा प्रहरीले पनि पुर्ण साथ दिने बताएको छ । अभियानको क्रममा हुने कार्यक्रममा डिएसपि डा. तपनकुमार दाहालले निशुल्क प्रशिक्षण गर्दै आएका छन् । जुम्लामा रहेका ४२ हजार बढि युवायुवतिहरु मध्य अधिंकाश बेरोजगार भएकै कारण कुलतमा फसेको पाईन्छ, तर दुव्र्यसनबारे शिक्षा दिने तथा रचनात्मक कार्यमा अग्रसर गराई लागु पर्दाथ नियन्त्रणको योजना भने जिल्लामा बन्न सकेको छ्रैन ।

निरन्तर अनुसन्धानपछि ९ महिनामा मात्र ३५ जना लागुपदार्थ दुव्र्यसनीकर्ता यसअघि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जसमा ११ जना युवती समेत रहेका थिए । यो अनुपातले जुम्लामा लागुऔषध दुव्र्यसनीको समस्या दिनप्रतिदिन बढ्दै गएको सजिलै अनुमान गर्न सकिन्छ । तर लुकीछिपी लागुऔषध प्रयोग गर्नेको संख्या भने अत्यधिक छ । अहिले खुलेआम बजारका पेटीमा लागु औषध खाने, किनबेच गर्ने अबस्थामा भने केहि सुधार आएको डिएसपि डा. तपनकुमार दाहालले बताए । उनका अनुसार जुम्लाका निजि औषधी पसलहरुले पनि लुकिछिपि लागुपर्दाथ बेच्ने गरेको खुलेको छ । अफिम, कोकिन, हिरोईन तथा ब्राउनसुगर जस्ता प्राण घातक लागुपर्दाथ किन्ने तथा बेच्ने त्यस्ता निजि मेडिकल संचालक र प्रयोगकर्तालाई तथ्य प्रमाणसहित भेटाएमा कानुनी कारवाहि हुने उनले बताए ।

राष्ट्ले जसलाई समाज समृद्धीको जिम्मेवार भनेको छ, तिनै युवायुवति तथा विद्यार्थीहरु दुब्र्यसनिमा फस्नु देशकै चिन्ताको बिषय रहेको केटिएसका विद्यार्थी अमन देबकोटाको भनाइ छ । सरकारले उचित उद्यमशिलताका कार्यक्रम तथा रोजगार दिन नसकेका कारण शिक्षीत युवायुवतीहरु पनि लागुऔषध दुव्र्यसनीमा फस्दै गएको छात्रा एसोदा महताराले बताईन् । यो अभियान अन्र्तगत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी तथा जिल्लाका युवायुवतिलाई लागुऔषद दुव्र्यसनिबारे जनचेतना फैलाउने बताईएको छ ।