2026-08-29 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता

जेठ २३, सुर्खेत | कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । 

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले रु सात अर्ब ४१ करोड लागत लाग्ने बताउनुभयो । 

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित कर्णाली प्रदेश सरकारका मन्त्रीले गरेको स्थलगत अनुगमनको क्रममा जभीका प्राविधिक कोइरालाले यो कुरा सार्वजनिक गर्नुभयो । 

उहाँले पूर्व–पश्चिम चार किलोमिटर लम्बाइ र उत्तर–दक्षिण एक किलोमिटर चौडाइ भएको विमानस्थलको कूल क्षेत्रफल ३६ हजार रोपनी रहेको बताउनुभयो । प्राविधिक कोइरालाका अनुसार सम्भाव्यता अध्ययनको प्रतिवेदनका आधारमा अब डिपिआर बन्नेछ । 

हवाई तथा स्थलगत अनुगमनमा न्याउलीचौर पुग्नुभएका पर्यटन मन्त्री अधिकारीले पिछडिएको साथै पर्यटनको अथाह सम्भावना भएको कर्णाली प्रदेशको विमानस्थल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “यसको डिपिआर तयार गरेर अब चाँडै शिलान्यास पनि गर्छौं ।” 

काठमाडौँबाहेकका बाहिरी जिल्लाबाट पनि छिमेकी देशमा हवाई सेवा सञ्चालन गर्ने दौडानको क्रममा प्रथमतः कर्णालीको सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनतर्फ बढी जोड दिने मन्त्री अधिकारीको भनाइ थियो । काठमाडौँ नभई सोझै यहीबाट छिमेकी मुलुकमा जान सक्ने स्थिति सिर्जना गरी कर्णाली प्रदेशका नागरिकलाई न्याय दिलाउने उहाँले बताउनुभयो । 

विमानस्थलको राष्ट्रिय योजना निर्माणको तयारीमा रहेको बताउनुभएका उहाँले हाल सुचारु सुर्खेत विमास्थलको विकल्प आवश्यक रहेको बताउनुभयो । कर्णालीका पर्यटकीय क्षेत्रहरु मुगु–रारा, मानसरोवर, शे–फुक्सुण्डो, छायाँनाथ पुग्ने सयौँ यात्रीको लागि पनि हिमाली जिल्लामा ठूलो जहाज बस्ने विमानस्थल खोज्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 

प्रदेशले आफ्नै कानूनमार्फत पर्यटन बोर्ड स्थापना गर्न सुझाउँदै उहाँले राराको समग्र गुरुयोजना आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “कर्णालीका हुम्ला र डोल्पाका जनताको लागि हवाई मार्ग एकमा विकल्प हो, त्यसका लागि काठमाडौँका सबै एयरलायन्सलाई तल स्टेशन बनाउन अनुरोध गरिएको छ ।” उहाँका अनुसार सुर्खेतको काँक्रेविहार क्षेत्रको निर्माण कार्यमा जोड दिइनेछ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम प्राविधिक दृष्टिकोणले सुर्खेत उपत्यकाभित्र विमानस्थल बन्न नसक्ने अवस्था भएपछि उपत्यका बाहिर हेर्नुपरेको बताउनुभयो । “सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार २५० छ, तर अहिले बनाउन थालिएको विमानस्थलको धावनमार्ग दुई हजार ६५० मिटरसम्मको हो । यसमा ठूला विमान उडाउन सकिन्छ,” उहाँले भन्नुभयो । 

पूर्व संस्कृति तथा पर्यटनमन्त्रीद्वय यामलाल कँडेल र जीवनबहादुर शाहीले अन्तर्राष्ट्रियस्तरको नभई अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माण गर्न आग्रह गर्नुभयो । प्राविधिक दृष्टिकोणले उपयुक्त ठाउँलाई छनोट गर्न सुझाउँदै मन्त्रीद्वयले सुर्खेतमा विमानको रात्रिबास गर्ने प्रबन्ध मिलाउन पर्यटन मन्त्रीलाई अनुरोध गर्नुभएको थियो । 

प्राधिकरणले गुगल नक्सांकनबाट सुर्खेत उपत्यकाभित्रको उत्तरगंगा, उपत्यका बाहिरको भेरीगंगा नगरपालिकाको रामघाटस्थित न्याउलीचौर र मदानेचौर छनोट गरेको थियो । तिनलाई पुनः नक्सांकन गर्ने प्राधिकरणले जनाएको छ । हाल कर्णालीमा आठवटा विमानस्थल सञ्चालन रहेको जनाइएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने