२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रेडियो सम्बाद कार्यक्रम सम्पन्न

१३ बैशाख २०७३, सोमबार ०७:००

 कुश्मा, पर्वत । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला सञ्जाल पर्वतले रेडियो कुशुम ९० मेघाहर्जसँगको सहकार्यमा विश्वव्यापी कार्य सप्ताह २०१६ को सन्दर्भ पारेर एक विशेष रेडियो सम्बाद कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको संयोजनमा हिजोदेखि प्रारम्भ भएको शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०१६ को नारा ‘‘मैले तिर्ने कर ः शिक्षामा लगाउने रहर’’ मा आधारित रहेर नेपालको शिक्षा क्षेत्रका विविध विषयहरुमा रेडियो सम्बाद कार्यक्रम गरिएको हो । सम्बाद कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका महासचिव प्रकाश सिलवाल र बोर्ड सदस्य तथा जिल्ला सञ्जाल संयोजक राजेन्द्र पहाडीले सहभागिता रहेको थियो ।

सम्बादको सहजीकरण सञ्चारकर्मी लक्ष्मण सापकोटाले गर्नुभएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला सञ्जाल पर्वतले विश्वव्यापी कार्य सप्ताहको अवसर पारेर साताभरी नै अन्तरक्रिया, पत्रपत्रिकामा लेख÷आलेख प्रकाशन, अभिमुखीकरणलगायतका विविध शैक्षिक कार्यक्रमहरु गर्ने जनाएको छ । कार्य सप्ताह बैशाखको १८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’