2026-09-19 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

केपी ओलीमाथि शेखरको आरोप, भन्छन्– संसद विघटन गर्छन्

x6222e4402e372264331d7c32b92f1c7e_L.jpg.pagespeed.ic.Ihrl2n1OOvनेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली काँग्रेसले सरकार ढलाउनको लागि कुनै कसरत नगरेता पनि सरकार आफै ढल्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष खड्कप्रसाद ओलीको नेतृत्वको सरकार प्रतिपक्षलेनै ढलाउन नपर्ने तर एक दिन आफै ढल्ने चेतावनी दिए । ओलीले न्यायपालिकालाई पार्टीको भर्ति केन्द्र बनाउन लागेको आरोप समेत कोइरालाले लगाएका छन् ।

नेपाल प्रेस युनियन पर्वतले सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले केपी ओली सरकारले संसदको विघटन गर्न लागेको ठोकुवा समेत गरेका छन् । अब मधेसी आन्दोलनकारी र नेपाली कांग्रेस चुप लागेर नबस्ने भन्दै कोइरालाले यसको विकल्पमा ‘केपी ओलीले संसदको विघटन गरी कथित चुनावको मिति तोक्ने हतियार प्रयोग गर्ने’ दाबी गरेका छन् ।

ओली नेतृत्वको सरकार बामपन्थी सरकार भएको र अलोकतान्त्रिक सरकार भएका कारण यसको छिटटै अन्तै हुने उनको दाबी छ । सरकार कालोबजारीयाको नेतृत्वमा चलेको छ जसका कारण सरकार आफै ढल्छ भन्दै सरकारप्रति उनले आरोप लगाए ।

१. ओली सरकारले शान्ति सम्झौता, संविधान, राष्ट्रिय एकता र छिमेकी सम्बन्ध ध्वस्त गरेको ठोकुवा गरेका छन् । हिन्दुराज्यको वकालत गर्नको लागि भारतीय विदेशमनत्रीसँग प्रचण्ड, देउवा, विद्यादेवी भण्डारी, कमल थापा र केपी ओलीले संविधान निर्माणभन्दा पहिले सहमति गरेको तर धर्म निरपेक्ष संविधानमा उल्लेख गरेका कारण भारतले नयाँ संविधानको स्वीकार नगरेको समेत उनले आरोप लगाए ।

भारतसँगको सम्बन्ध भाँडेर अन्तराष्ट्रिय घेराबन्दी गरेको समेत उनले आरोप लगाए । सकारमा तेस्रो र चौथो ठूलो दल सरकारमा भएता पनि एमालेमय सरकार भएको उनको टिप्पणी छ ।

२. थारु मधेसी आन्दोलनकारीलाई उत्तेजित पारिरहेको  उनको अर्को आरोप छ । नेपाली काँग्रेस तराइमा एक प्रदेश दिन हुदैन भन्नेमा अडिग रहेको तर ओली सरकारले उनीहरुको अन्यमागलाई सम्बोधन गर्नको लागि कुनै चाँसो नदिएको दाबी गरे । मधेसी मोर्चासँग नाकाको धर्ना खुलाउनको लागि समिति बनाएर समधान गर्ने बनाएता पनि कमल थापाको नेतृत्वमा बनेको टोलीले मधेसी मोर्चा र मोर्चाले सरकारसँग सहमति नगरेको भन्दै एकले अर्कोलाई दोषार्ण लगाएका कारण आन्दोलनलाई ओली सरकारले २ महिनादेखि उत्तेजित पारिहरको उनको तर्क छ ।

https://youtu.be/BCCecz2Hr1c

३. राष्ट्रिय पुनर्निर्माणमा वर्ष दिनमा २ प्रतिशत बजेट खर्च गरेको उनको तेस्रो आरोप छ । सरकार भूकम्पबाट प्रभावित भएका जिल्ला र एतिहासिक संरचनाको निर्माणको लागि व्यवास्था गरेर गैरजिम्मेवारीपन देखाएको बताए । जसका कारण सरकार आफै तुहिदै गएको उनको टिप्पणी छ ।

४. एमालेले न्यायपालिकामा आफ्नो कब्जा गर्न खोजेको र आफ्ना सभासदलाई सर्वोच्चको न्ययाधीश बनाएको उनको चौथो आरोप छ । ओली सरकारले न्यायापालिकालाई हातमा लिएर संसद विघटनको योजना बनाएको उनको तर्क छ ।
कोइरालाले सरकारको कार्यदिशाप्रति प्रश्न उठाउँदै सरकारको एमालेमय नीति र न्यापालिकाकामा हस्तक्षेप गर्नको खोज्नुले देशमा त्यसको परिणाम देखिन लागेको पनि बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ