२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शसस्त्र गणमा मल्याङ्दीखोलाको पानी ल्याईने

२०७३, १५ बैशाख बुधबार ०४:११

पर्वत, शसस्त्र प्रहरी वल चण्डिका गण कुश्मालाई खानेपानीको समस्या समाधान हुने भएको छ । चण्डिका गणले  मल्याङ्दीखोला स्थित नाकेदहदेखी खानेपानी ल्याउने गरि सम्झौता भएको हो । आज स्थानीय राजननितिक दल, उपभोक्ता समिति, र ससत्र प्रहरी वल चण्डिका गणविच सम्झौता भएको हो ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख प्रेमप्साद डोटेल, ससत्र प्रहरी वल चण्डिका गणका एसपी कृष्णकुमार थापा क्षेत्री, ससत्र प्रहरी वल चण्डिका गणका डिएसपी हर्कराज पन्त, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य कृष्णप्रसाद लामिछाने, नेकपा एमाले मुडिकुवाका प्रतिनिधी काशीनाथ गौँडेल, मल्याङ्दी सिचाई योजना मुडिकुवाका सचिव लिलाधर गौँडेल लगायतले दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरि शसस्त्रत्र प्रहरी वललाई बिना रोकतोक खानेपानी उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेका हुन् ।

सम्झौतामा शसस्त्रत्रलाई १ ईन्च पाईप वराबरको पानी दिने सम्झौता भएको छ । यसअघि एक महिनादेखी खानेपानी ल्याउने बारेमा दुईपक्षका बिचमा छलफल भएको थियो । मल्याङ्दीखोला प्रभावित क्षेत्रका बासिन्दाले अन्तत १ ईन्च पानी दिन सकारात्मक भएपछि ससत्र प्रहरी वल चण्डिका गणमा खानेपानी ल्याउने योजना सफल हुने भएको हो ।

ससत्र प्रहरी वल चण्डिका गणका डिएसपी हर्कराज पन्तले दोहोरो सम्झौतामा खडेरी परेको खण्डमा र किसानलाई विउ राख्ने समयमा स्थानीयलाई पानी दिने गरि सम्झौता भएको पनि उल्लेख गरे । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले भोलीदेखी नै योजनाको काम थाल्ने भएको छ ।

अवको एकहप्ता भित्रै मल्याङ्दीखोलावाट शसस्त्र प्रहरी गणमा पानी झार्ने गरि काम हुने कार्यालय प्रमुख प्रेम प्रसाद डोटेलले जानकारी दिनुभयो । वडागाउँमा ससत्र प्रहरीको गण स्थापना भएदेखी नै ससत्रले चुवा स्थित बडरे खोलावाट पानी ल्याएर प्रयोग गर्दै आएको छ । उक्त योजनाको सम्झौता बैशाख ५ गते सकिएको छ । करिव ७ सय जना जनशक्ति रहेको चण्डिका गणलाई अहिले खानेपानीको समस्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ