2026-07-25 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जीविकोपार्जन सुधारका लागि ६५ लाख वितरण

गणेश पौडेल
पर्वत बैशाख १६ गते । विपन्न वर्गका जनताको जीविकोपाजर्नमा सघाउ पु¥याउने उद्देश्यले पर्वतका २४ वटा सामुदायिक वनमा ६४ लाख रुपीयाँ वितरण गरिएको छ । बहु सरोकारवाला वन कार्यक्रमको सहयोगमा पर्वतका ४ सय ३० घरधुरीका लागि दोश्रो चरणको रकम वितरण गरिएको हो ।

बिहिबार एक कार्यक्रमको आयोजना गरि स्थानीय सामुदायिक वनलाई सो रकम वितरण गरिएको हो । वितरण कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले गरिव तथा विपन्न वर्गका जनताको जीवनस्तर माथि उकास्नका लागि सबै पक्षले एककिकृत ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गैर सरकारी संस्थाहरुले काम गर्दा पारदर्शि ढंगले न्यून आय भएका जनताको जीवनस्तर माथि उठ्ने ढंगले काम गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी युवराज पौडेलले गैर सरकारी संस्थाहरुले राज्यका निकायले सेवा दिन नसकेका क्षेत्रमा समेत काम गरेर सरकारलाई सहयोग पु¥याएको धारणा राख्नुभयो । उहाँले जिल्ला विकास समितिले समेत स्थानीय संघ संस्थाहरुसँग सहकार्य गरेर विपन्न वर्गका जनताको जीवनस्तर उठाउने कार्यक्रम संचालन गर्न तयार रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बहुसरोकारवाला वन कार्यक्रम÷ली वर्डका क्षेत्रिय कार्यक्रम व्यवस्थापक गणेश आयार्यले सानो काम गर्न पनि साहुसँग ऋण लिनुपर्ने बाध्यता हटाउन साथै कम ब्याजदरमा र थोरै लगानीमा पनि विपन्न वर्गको आय आर्जन बढाउन कार्यक्रम फलदायी हुने बताउनुभयो ।

जिल्लामा बहुसरोकारवाला वन कार्यक्रमको सहयोगमा पहिलो चरणमा जिल्लाका ११ सय ७० घरधुरीमा १ करोड ७५ लाख रुपीया वितरण भईसकेको छ । स्थानीय सामुदायिक वन उपभोक्ता समूहलाई घुम्तिकोषको रुपमा सो रकम वितरण गरिने र त्यसबाट ऋण लैजाने सदस्यले एक वर्ष भित्रमा आय आर्जन बढाउने खालका क्रियाकलाप संचालन गर्नुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका कार्यक्रम अधिकृत गणेश पौडेलले जानकारी दिनुभयो ।

वन समूहमा कोषको रुपमा जाने एकमुष्ठ रकम वन समूहमा घुम्तिकोषको रुपमा जाने र उपभोक्ताहरुलाई ५ प्रतिशत नबढ्ने गरि ऋण दिनेगरि व्यवस्थापन बहु सरकोकारवाला वन कार्याक्रमले जनाएको छ । विपन्न उपभोक्ताहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले वनमा आधारित उद्यमका साथै बाख्रापालन, कुखुरापालन, बंगुरपालन, मौरीपालन लगायतका क्षेत्रमा रकम लगानी गरिने र सो रकम १ वर्षमा फिर्ता गर्नेगरि योजना निर्माण गरिएको छ । वन समूहमा रहेका अति विपन्न घ र ग वर्गका महिला, दलित, जनजाती तथा अन्य वर्गमा सो रकम घुम्तिकोषको रुपमा वितरण गरिने ईन्प्रेड नेपालका कार्यक्रम अधिकृत खुम प्रसाद सुबेदीले बताउनुभयो ।

कार्यक्रममा बहु सरोकारवाला वन कार्यक्रम क्षेत्रीय समन्वय कार्यलयका कार्यक्रम अधिकृत बाल कुमार नेपाली, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका महासचिब देबी लामिछाने, ईन्प्रेड नेपालका अध्यक्ष पुष्पराज पौडेल लगातयले बोल्नुभएको थियो । जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्ष जिल्ला वन अधिकृत कृष्ण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष किशोर सापकोटाले गर्नुभएको थियो भने स्वागत ईन्प्रेड नेपालका कार्यक्रम खुम प्रसाद सुबेदीले गर्नुभएको थियो ।

बहु सरोकारवाला वन कार्यक्रमबाट जिल्लाका करिब १ सय वन समूहमा २ करोड ४० लाख रुपीयाँ अनुदान सहयोग भएको छ । पर्वतमा कार्यक्रम कार्यान्वयनका लागि २ वटा स्थानीय सहयोगी संस्था फेकोफन पर्वत र ईन्प्रेड नेपाल पर्वतले काम गरिरहेकाछन् । फेकोफन पर्वतले ७सय ५० घरधुरीका लागि १ करोड १२ लाख५० हजार रुपीयाँ र ईन्प्रेड नेपाललले १ करोड २७ लाख ५० हजार रुपीयाँ घुम्तिकोषको रुपमा वितरण गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक