Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको सातबीसेमा ग्राण्डी अस्पतालको निशुल्क स्वास्थ शिविर सम्पन्न

२०७५, २७ जेष्ठ आईतवार ०९:३७

जेठ २७ नुवाकोट | नुवाकोटको तादीगाउँपालीका ४ सातबीसेका बासिन्दा घरदैलोमै नि:शुल्क स्वास्थ्य सेवा पाउँदा खुसी भएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।


राजधानी काठमाडौबाट नजिकै पर्ने भए पनि स्वास्थ्यलगायत विभिन्न आधारभूत सुविधाबाट वञ्चित रहेका उक्त क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्य ले ग्राण्डी अस्पतालले स्थानीय संघ सस्था सङ समन्वय गर्दै  नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा नवजात शिशु को साथै  करीब ९० बर्ष सम्मका बृद्ध बृद्दा हरुले सेवा लीएका थीए । वृद्धवृद्धा पनि लट्ठीको सहारामा घन्टौं हिंडेर शिविरमा आएका थिए । समुन्द्रटार कि ७८ वर्षीया सुन्तलीमाया थिङ २ घण्टा पैदल हिंडेर स्वास्थ्य परीक्षण गराउन शिविरमा आइपुगेकी थिइन् । उनी दमरोगले ग्रसीत थीइन । डाक्टरको परामर्श र निशुल्क औषधि प्राप्त गरेपछी उनले खुशी हुँदै भनीन " हामी गरीब लाई उपचार गराउन पैसा छैन, यो शिबिर ले हामीलाइ मद्दत पुर्याएको छ । 

राजधानी काठमाडौबाट नजिक भए पनि यातायात, विद्युत्, खानेपानी र स्वास्थ्य सेवाबाट वञ्चित रहेको यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको ग्राण्डी अस्पतालले जनाएको छ  । सबैजसो समुदायको बसोबास रहेको यो क्षेत्रमा ग्राण्डी अस्पतालले  स्वास्थ्य शिविर सञ्चालन गरेको पहिलो हो । शिविरमा करीब ३०० स्थानीय बासीन्दा ले सेवा प्राप्त गरेको अस्पताल ले जनाएको छ । ।

शिविरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, र  स्थानीय नुवाकोट सीटी अस्पतालका  चिकित्सक टोलीले बालरोग, स्त्रीरोग, हाडजोर्नी तथा नशारोग, दम, छातीदुख्ने  रोगसम्बन्धी परीक्षण गरेका थिए भने लायन्स क्लबले ब्यवस्थापन गरेको थीयो ।

परीक्षणमा ५ जनामा नशासमन्धी  र एक ३ जनामा फोक्सोको समस्या भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै