३० माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

डिएसपी पन्त पश्चिमाञ्चलकै उत्कृष्टः बम

१६ बैशाख २०७३, बिहीबार १४:४७

ganga pantaपर्वत–पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख कमलसिंह बमले पर्वतका प्रहरी प्रमुख गंगा पन्त महिला भएपनि पश्चिमाञ्चलकै उत्कृष्ट प्रहरी अधिकृत भएको टिप्पणी गरेका छन्। प्रहरी र नागरिकबीच बिहीबार यहाँ भएको अन्तरक्रियामा बमले आफूले पश्चिमाञ्चलको जिम्मेवारी पाएपछि जिल्लाको अनुगमनमा कार्यक्षमताका आधारमा पन्तजस्तो जिल्लाको प्रहरी प्रमुख नभेटेको बताए।

विगतमा पर्वतमा केही व्यक्तिले प्रहरीलाई मुठ्ठीमा लिएर वितण्डा मच्चाउने गरेको भएपनि अहिले त्यो रोक्नुनै पन्तको सफलता भएको भन्दै नागरिकबाट प्रशंसा आएपछि बमले पन्तप्रति यस्तो टिप्पणी गरेका हुन्। बमले पर्वत र अन्य जिल्लाको कामकारवाही निरन्तर अध्ययन गर्दा पर्वतको कामकारवाही धेरै माथि रहेको पाएको बताए।

‘म पश्चिमाञ्चल प्रहरी प्रमुख भएर आएपछि जिल्लाको निरीक्षण गरिरहेको छु तर पर्वत उत्कृष्ट पाए’, उनले भने,’त्यसको सवै श्रेय म डिएसपी साब (गंगा पन्त)लाई दिन्छु ।’ नागरिकसँगको हातेमालोमै प्रहरीले सफलता पाउने आफ्नो जोड रहेको भन्दै उनले पर्वत प्रहरीले गरेका राम्रा काम अन्यत्र पठाउने धारणा राखे। नागरिक समाजका प्रतिनिधिले पर्वतका प्रहरी प्रमुख पन्तले राम्रो काम गर्दागर्दै पनि प्रहरीलाई मुठ्ठीमा लिने समुहले तालुकदार निकायका प्रमुखमार्फत पन्तलाई दबाब दिने गरेकोमा असन्तुष्टि जनाए।

‘आम नागरिकले डिएसपी पन्तको कामप्रति सन्तुष्ट छन तर प्रहरीका हाकिमबाटै उहाँले गरेका राम्रा कामकाबिरुद्धमा दबाब आउने गर्छ’, पर्वत अदालत बार इकाईका अध्यक्ष विश्वराज पाण्डेयले भने। यता नागरिक अगुवा अधिवक्ता भोलानाथ शर्माले पर्वतमा प्रहरी प्रमुख पठाउदा कानुन बुझेको र अनुभवी पठाउन आग्रह गरे। ‘गंगा पन्तले जुन अभियान थाल्नुभएको छ, उहाँजस्तै प्रहरी प्रमुख पर्वतलाई आवश्यक छ’, उनले भने। अन्तरक्रियामा सहभागीले प्रहरीका नराम्रा कामका विषयमा समेत पश्चिमाञ्चल प्रहरी प्रमुखको ध्यानाकर्षण गराएका थिए।

यता पत्रकार गणेश पौडेलले नदीजन्य सामाग्रीमा अञ्चल प्रहरी प्रमुख छविलाल जोशीले पर्वत प्रहरीलाई दबाब दिएको आरोप लगाए। ‘एसएसपी साबको क्वाटरबाट नदी दोहन गरेको प्रष्ट देखिन्छ तर उहाँले उल्टै पर्वत प्रहरीले नदी दोहन रोक्ने प्रयास गर्दा क्रसर व्यवसायीकै पक्षमा लाग्न दबाब दिनुहुन्छ’, उनले भने । पर्वतका प्रहरी प्रमुख पन्तले रातको समयमा क्रसर व्यवसायीले नदीमा एक्साभेटर प्रयोग गरेर नदी दोहन गरेको भेटेपछि दुई साताअघि सवारी नियन्त्रणमा लिएकी थिइन्। तर अञ्चल प्रहरी प्रमुख जोशीले पन्तलाई सवारी नियन्त्रणमा नलिन दबाब दिएका थिए।

नागरिकको चर्को समर्थन पाएपछि पन्तले आफू मुलुकको कानुन बिपरित आफ्नै हाकिमको दबाब आएपनि हलचल नहुने प्रष्ट पारिन्। ‘म मेरो जिम्मेबारीमा रहँदासम्म कोही कसैबाट पनि प्रभावित नभई काम गर्छु’, उनले भनिन्। पन्तले जथाभावी मदिरा नियन्त्रण, महिला हिंसाका घटना कमी ल्याउन, चोरीसिकारी, तस्करी, गुण्डागर्दी नियन्त्रण र सबैलाई प्रहरीसम्म पुग्न सहज ब्यवस्था मिलाएकी छन् ।

-नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार झापामा एक जनाको नाममा अर्काले लाइसेन्सको ट्रायल दिँदै गर्दा दुवै जना पक्राउ एमाले प्रदेशसभा सदस्यविरुद्ध मुद्दा नचलाउने निर्णयपछि पीडित बालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ! बैठकमा मनिष झाको प्रश्न- वर्षाैं जेल बसेर बाहिर आउँदा नेताहरुकाे एकाएक महल कसरी ठडियो ? सिमेन्टमा भएको मूल्यवृद्धिबारे अध्ययन हुनेछ : मन्त्री भण्डारी भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने जसपाको निर्णयले अफ्ट्यारोमा सरकार कानुनी रुपमै अलग भए गायिका एलिना र बिष्णु अब इसेवामा रहेको पैसा एनआइसी एसिया बैंकको एटिएमबाट पनि निकाल्न सकिने बूढानीलकण्ठमा पूरै घर भाडामा लिई अनलाइन ठगीमा संलग्न २३ भारतीय सार्वजनिक प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ संसद् नै अवरोध हुनेगरी २ मिनेटमा के भनेका थिए रामहरिले ? पाथीभरामा केबलकार निर्माणविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार ट्रम्पको चेतावनीपछि हमासले भन्यो- धम्कीको भाषाको कुनै मूल्य छैन विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक अवरुद्ध कार्यसूचीबाट भ्रष्टाचारसम्बन्धी विधेयक हटाइएकोमा संसदमा लफडा एमाले सांसदलाई उन्मुक्ति दिएकोमा रास्वपाले संसदमै गर्‍यो विरोध एकीकृत समाजवादी र नेकपासँग एकता गर्न छलफल भइरहेको छ: प्रचण्ड चाबहिलमा २३ वर्षीय युवकको हत्या: चोरीको मोबाइल लिन भएको थियो दुई समूहबीच झडप होटलमा बोलाएर पत्रकार ललितबहादुर सिंहमाथि चक्कु प्रहार विश्वमै कम भ्रष्टाचार हुने मुलुक डेनमार्क, धेरै हुनेमा दक्षिण सुडान