Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा ‘लिफ्ट’ बाट खानेपानी

२०७५, २८ जेष्ठ सोमबार ०६:५५

जेठ २८, बागलुङ |गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पु¥याएको छ । 

तीन सय मिटर तल रहेको मूलको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर गाउँमा ल्याइएको हो । रिघाफेँदी ‘लिफ्टिङ’ खानेपानी आयोजनाबाट ११ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । 

पानीको स्रोत बस्तीदेखि तल हुँदा स्थानीयवासी खानेपानीको सहज पहुँचबाट वञ्चित थिए । धेरै समय खर्चेर र पालो कुरेर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिका अध्यक्ष रिमबहादुर राना कुमालले बताउनुभयो । “खानेपानीका लागि ठूलो दुःख थियो”, उहाँले भन्नुभयो, “आयोजना बनेपछि गाउँले खुशी छन् ।” गलकोट नगरपालिकाको रु दुई लाख र उपभोक्ताको चन्दा तथा श्रमदानबाट रु डेढ लाख गरी कूल रु तीन लाख ५० हजारको लागतमा आयोजना बनेको हो । 

पिपलडाँडा सामुदायिक वन उपभोक्ता समितिले पनि रु १० हजार चन्दा सहयोग गरेको थियो । मूलबाट तानेको पानीलाई जम्मा गर्न १९ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । कुमाल बस्तीमा चौबीसै घण्टा खानेपानीको सुविधा पुगेको वडाध्यक्ष डम्बर श्रीसले बताउनुभयो । आयोजना निर्माणका लागि वडा तहबाटै योजना सिफारिस भएको थियो । “वार्डले समस्या पहिचान गरी तत्काल आयोजना बनाउन पहल गरेको हो”, अध्यक्ष श्रीसले भन्नुभयो । 

नगरपालिका, वडा र उपभोक्ताको संयुक्त लगानी र पहलमा आयोजना सम्पन्न भएको हो । खानेपानी पुगेसँगै स्थानीयवासीलाई अन्य आयआर्जनका गतिविधिमा जोड्ने योजना रहेको वडाध्यक्ष श्रीसले बताउनुभयो । बस्तीदेखि तल स्रोत भएका ठाउँमा ‘लिफ्ट’ प्रणालीको खानेपानी आयोजना प्रभावकारी देखिएको छ । जिल्लाका अन्य ठाउँमा पनि यस्ता आयोजनाबाट खानेपानीको सुविधा पु¥याइएको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ