2026-08-30 07:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मना सार्कीलाई सहिद घोषणाको माग

जेठ २८, सुर्खेत | सुर्खेतका दलित अधिकारकर्मीहरुले कालिकोटमा हत्या गरिएका मना सार्कीलाई सहिद घोषणाको माग गरेका छन् । कालिकोट नरहरीनाथ गाउँपालिका ९ का निर्वाचित वडा सदस्य मनाको हत्याको विरोध गर्दै सहिद घोषणाको मागसहित अधिकारकर्मीहरुले सुर्खेत जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएका हुन् ।

दलित समुदायकोे अस्तित्व, पहिचान र अधिकारमाथी खतरा उत्पन्न गराएको भन्दै विज्ञप्ति मार्फत अधिकारकर्मीको गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका छन् । नेपाल उत्पिडित जातिय मुक्ती समाज सुर्खेतका अध्यक्ष बसन्त विश्वकर्मा, नेपाल दलित संघ सुर्खेतका अध्यक्ष भिमबहादुर शाही (परियार) र नेपाल मुक्ति मोर्चा सुर्खेतका ईन्चार्ज हिरा बहादुर सुनारले सयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा मनालाई सहिद घोषणा गरिनुपर्ने, परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने र अपराधीलाई जन्मकैद गर्नु पर्ने माग ज्ञापनपत्रमा उल्लेख छ । 

यस्तै ५ दिनभित्र सत्यतथ्य छानविन गर्न समिति गठन गर्नुपर्ने, पीडित परिवार र दलितहरुको पुर्ण सुरक्षाको व्यबस्था गरिनुपर्ने दलित अधिकारकर्मीहरुले बुझाएको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने