२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

६ करोडको लगानीमा मिनि मार्केट

१७ बैशाख २०७३, शुक्रबार ०३:३२

पर्वत, धौलागिरीमा पहिलो पटक मिनि मार्केट संचालनमा आउने भएको छ । पर्वतको कुश्माबजारको लोकतान्त्रिचोकमा ६ करोडको लगानीमा मोती मिनि मार्केट संचालनमा आउन लागेको हो ।

ग्राहकहरुको सेवा र सुविधाको लागि एउटै छानामुनि सवै प्रकारको सेवा र सुविधान दिनको लागि आफुले लगानी गरेको मिनि मार्केट संचालक शरद कुमार जोशीले बताउँछन् । उनको एकल लगानीमा ५ करोडको जग्गा र १ करोड २० लाखको भौतिक संरचना निर्माण भएको  मिनि मार्केटमा ५५ वटा सटरहरु रहेका छन् ।

आफ्ना हजुरबुवा  मोतिप्रसाद जोशीको सम्झनामा उनले उक्त मार्केटको निर्माण गरेका हुन् । देशका ठूलाठूला शहरमा यस्ता किसिमका  मार्केटहरु भएता पनि धौलागिरी अंचलमा नभएका कारण आफुले मिनि मार्केटका संचालन गर्ने सोच बनाएको संचालक जोशीको भनाई छ । मिनि मार्केटमा रहेका सटहरु न्यूतम शुल्क भने अतिनै सस्तो रहेको छ ।

अन्यन्त्र ७ हजार देखि २० हजार रुपैयाँ सम्ममा उपलब्ध हुने सटहरु २ देखि ३ हजारसम्ममा उपलब्ध गराएको जोशीको भनाई छ । ¬मिनि मार्केटको संचालनबाट जिल्लाबासीलाई धेरै राहत मिल्ने उनको बुझाई छ । जिल्लामा मिनि मार्केट संचालनमा आउनाले धेरै राहत मिल्ने सेवाग्राही रमा श्रेष्ठले बताइन् । जिल्लामा अन्य पसलमा भन्दा मार्केटमा १० देखि १५ प्रतिशत सम्म सस्तो भएको श्रेष्ठको भनाई छ ।

एउटै छानाम्ुनि किचनमा प्रयोग हुने सामानदेखि खाद्यन्न, इलेक्ट्रोनिक सामानदेखि लत्ताकपडा, सौन्दर्यका सामाग्री, फ्रेसहाउस र तरकारी तथा फलफुल, होटलहरु संचालनमा आइरहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध