३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-जनतालाई सरकारको अनुभूति गराउ

१७ बैशाख २०७३, शुक्रबार ०५:५८

भूकम्पले क्षेतविक्षत भएको पनि एक बर्ष पुरा भयो तर अझै पनि भुकम्प पीडित राहतको प्रखाइमा रहेका छन् । बर्षौ दिन पुग्दा पनि भूकम्प पीडित अझै पालको भरमा जिविन व्यतित गरिहरको छन् । ‘यस्तै ताल हो भने एक दशकमा पनि भूकम्प पीडितहरूलाई घरभित्र पसाउन सकिँदैन ।’ पुर्ननिर्माणको कार्य गर्नको लागि सरकार जिम्मेवारी भएको देखिदैन ।  शंखेकिराको गतिमा पुर्ननिर्माणको कार्य अगाडी बढाएको सरकार भूकम्प पीडतप्रति   गैरजिम्मेवारी भएर प्रस्तुत भएको आम नागरिकलाई अबगत भएको कुरा हो । यस्तो दिव्यज्ञान प्राप्त गर्न नै एक वर्ष लगाएको सरकारले अब कुनै अर्को भूकम्पको साइत कुरेको हो या, आफ्नो गैरजिम्मेवारीपन दर्शाएको हो  । एक बर्षसम्म दिव्यज्ञान हासिल गर्न लागेको सरकारले भूकम्प पीडित सबै घर, बस्ती, सडक र देवलको पुनर्निर्माण बारे भने गम्भीर आशंका र प्रश्न ज्युँकात्युँ छन् ।

जनताको घर बनाउनको लागि विदेशी दातृ निकायको मुख ताकेको ओली सरकार धरहराको निर्माण भने आफै नेपालीले बनाउँन पर्छ भन्दै विकुल फुकिरहेका छन् । तर जनताको घर निर्माणमा सरकारले देखाएको आलस्यताले गर्दा देशका सरकार नभएको आम नागरिकले महसुस गरीरहेका छन् ।  रात्री भोज र दिवा भोजको लागि राष्ट्रीय ढुकुटीबाट करोडौ रकम सिध्याउने ओली जनताको घर बनाउनको लागि विदेशी अनुदान र ऋणमा लिएर देशलाई डुबाउने खेलमा लागिरहेको यो तितो यथार्थनै हो ।

भूकम्पको लामो कालखण्ड पार हुदाँ पनि राज्यबाट पीडितको लागि केहि पहल हुन नसक्नु दुरभाग्यनै हो । राहतमा आएका खाद्यन्न कुहिएर खाल्डोमा पु¥याउने सरकार भूकम्प पीडितको लागि भने सो काम गर्न सकिराखेको छैन । जसका कारण पनि भूकम्प पीडित कहिले ठिही त कहित तातो हावा र घामका कारण त्रिपालभित्र पाकिराखेका छन् तर सरकारको ध्यान अझै जान सकेको छैन । भूकम्प बाट बेपत्ता भएका अझै कति नागरीकको खोजी हुने सकेको छैन तर सरकार उनीहरको खोजीको लागि पनि पहल गरेको छैन ।

भूकम्पले नेपाली नागरिकलाई सडकमा ल्यायो तर एनजिओलाई भने मालमाल बनाएको छ । भुकम्पको लागि आएको राहतमा पनि राजनीतिकरण भएका कारण अझै पीडिहरु राहतको प्रखाइ र सरकारको मुहार हेर्नको लागि प्रतिक्षमा रहेका छन् । राष्ट्रबादको नारा घन्काउने ओली सरकार कहिले संविधान घोषणा भएकोमा भोज, कहिले सरकार गठन भएको खुसियालीमा पार्टी, कहिले भारत र चीन भ्रमणको सफलतामा डिनर त कहिले आफ्नै गुटगत अभियानका लागि लन्चमा नै व्यस्त भएको छ जसका कारण पनि सरकारले भूकम्प पीडितको लागि केहि गर्नको सकेको छैन । सरकारले भूकम्प पीडितलाई सरकारको अनुभूति गराउनको लागि अझै सकिराखेको छैन । सरकारले तत्तकाल भूकम्प पीडितलाई सरकारको अनुभूति दिलाउन सक्नुपर्छ यहि नै जनताको लागि सरकारको अनुभूति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ