३ फाल्गुन २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ढुंगेल दोषी भए हिजोका शासक र बहालवाला नेताहरु पनि रहँदैनन्

२० बैशाख २०७३, सोमबार ०४:४९

13118917_1037462626308845_4555322636158456970_n-577x433पर्वत, नयाँ शक्ती नेपालका संगठन बिभाग प्रमुख देबेन्द्र पौडेलले बालकृष्ण ढुंगेल निर्दोष रहेको बताएका  छन् । उनले शनिवार पर्वत सदरमुकाम कुश्मा बजारमा पे्रस सोसाइटी नेपाल पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै यस्तो बताएका हुन् । बिगत माओवादी आन्दोलन, सरकार पक्षको दमन, लगायतका घटनालाई छरपष्ट रुपमा उठाउँदै जाने हो भने कोहि कसैलाई राम्रो नहुँने बताउँदै पौडेलले बिष्तृत शान्ति सम्झौताको मर्म र भावना बमोजीम सत्य निरुपण तथा मेलमिलाप आयोग र अदालत समेतले काम गर्न पर्ने बताए ।

पौडेलले बिगतको जनयुद्ध प्रति आफुलाई गर्व रहेको बताउँदै जनयुद्धका बेला भएको कार्वाहीका बिषयलाई उठाएर अदालतले फैसला सुनाए पनि उनी निर्दोष भएको दावि गरे । जुन घटनामा ढुंगेललाई दोषी बनाइएको छ त्यो बेला उहाँ उक्त घटनामा संङलग्न भएको देखिदैन उनले भने । बिगतका घटनाहरुलाई उठाउँदै जादाँ अहिलेको बाहाल वाला राजैतिक दल, तात्कालिन प्रशासन, सेना, प्रहरी लगायत कोहि पनि बाकीँ नरहने उनको ठहर थियो । अन्तराष्ट्रिय मानव अधिकारका कुरा सुनेर कठघरामा उभ्याउने योजनाले नेपाल नै राजनैतिक रुपले अर्कमण्ड्यतामा फस्ने र अर्को मानव अधिकार हहन हुनसक्ने खतरा रहेको बताए । यस्तो बिषयलाई धैर्यता र संयमताका साथ राजनैतिक रुपमा समाधान निकाल्नु पर्नेमा उनको जोड थियो ।

हाल गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले पर्वाग्रही ढंगले काम गर्नु हुदँैन तथा न्यायलय पनि निर्दोस बस्तु होईन त्यहाँ भित्र न्यायधिसहरु छन् उनीहरुले बिवेकले फैसला सुनाउनुपर्छ फैसला सुनाउँदा बिष्तृत शान्ति सम्झौताको भावना नामेट पारिनु हुदैन भन्दै आगोग गठनलाई पुरानो कोर्षको संज्ञा दिए । नेपालको गणतान्त्रिक कोर्ष अब समृद्ध र समाजवादी कोर्ष तर्फ अगाडि बढ्नु पर्ने भन्दै आयोग पुरानो कोषमा नफर्केर नयाँ कोर्षमा लाग्नुपर्नेमा उनको जोड थियो । उनले आयोगलाई डिग्री पढेर पिएचडी गर्नेबेलामा एसएलसीको किताव बोकेर पढ्न हिडे जस्तो देखेको बताए । पौडेलले पत्रकारहरुको जिज्ञासामा अबको समय आर्थिक समृद्धीको भएको भन्दै आर्थिक समृद्धीको बहसमा अगाडी जानुपर्ने बताए ।

उनले भने मुलुकमा संघियता, धर्म्निरपेक्षेता लगायतका थुप्रै परिबर्तनहरु भैसकेकोले समृद्ध देश निर्माणका लागि नयाँ शक्ती अभियानमा लागेको बताए । उनले आगामी पार्टीको महाधिबेशनबाट नेपालको २० बर्षको कोर्ष बनाएर अगाडी आउने बताउँदै देशको बैकल्पीक शक्तीको रुपमा आफुहरुलाई नेपाली जनताले साथ दिने बिश्सास ब्यक्त गरे । पुर्बराजाको चलखेल प्रति पत्रकारले उठाएको बिषयमा पौडेले भने राजतन्त्रका काम सबै नेपाली जनताले हेरी सकेकोले अब राजतन्त्र नेपालमा नर्फकने ठोकुवा गरे ।

उनले भने हामी परिपर्तनको नयाँ अध्यायमा अगाडी बढी सकेका छौं । राजतन्त्रको पर्नआगमन कल्पना भन्दा बाहिरको कुरा हो ? यो संभव पनि छैन् र नेपाली जनताले स्बीकार्ने कुरा पनि हुदैन । त्यसैगरी नयाँ शक्तिका केन्द्र्रिय सचिवालय सदस्य पासाङ शेर्पाले जनजातीको लागि नयाँ शक्ती निर्बिकल्प रहेको बताए । आदीवासी जनजाती महांघका पुर्व अध्यक्ष तथा नयाँ शक्ती अभियानका केन्द्रिय परिषद्का सचिवालय सदस्य पासाङ्ग शेर्पाले जनजाती आन्दोलनको लागि अबको बिकल्प नयाँ शक्ती भएको दावि गरेका छन् । उनले भने जनजातीको नाममा खोलिएका पार्टीले मात्रै देशको निकास नदिने बताउँदै जनजातीहरुले अब नयाँ शक्तीलाई सहयोग गर्न अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संयुक्त अधिराज्य, क्यानडा, अजरबैजान र मौरिसस पठाइदिन्छु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ पुलिसलाई हराउँदै ब्ल्याक बुल्सले जित्यो आहारारा गोल्डकपको उपाधि सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्छ: अध्यक्ष प्रचण्ड ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ जसपाका पूर्वप्रदेश अध्यक्षसहित केही नेता कार्यकर्ता माओवादीमा प्रवेश एमालेको निकट कर्मचारी संगठनको अध्यक्षमा दाहाल चयन, महासचिवमा अधिकारी सरकारको सात महिना बित्दा पनि मुलुकमा केही परिवर्तन आएन : उपाध्यक्ष पाण्डे चीनमा घरपालुवा जनावरको हेरचाह गर्ने व्यक्तिहरुको माग बढ्दै हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृ-त्यु, चालक र छोरा घाइते बेलुन पड्किएर घाइते भएका पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो सत्तारुढ दलहरुले गरे अध्यादेशलाई संसद्‍मा अघि बढाउने निर्णय पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते पृथ्वीचोकबाट अबैध लागू औषधसहित ३ जना पक्राउ लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते रुपन्देहीमा गाँजा र चरेससहित ७ जना व्यक्ति पक्राउ जनकपुरधाममा मुख्यमन्त्री सिंह विरुद्ध मसाल जुलुस प्रदर्शन महाकुम्भमा स्नान गर्न गइरहेका भक्तजनहरूको गाडी दुर्घटना हुदा १० जनाको मृत्यु, १९ जना घाइते डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा पक्राउ दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित लागुऔषध (ब्राउनसुगर)सहित ३ जना पक्राउ