2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको बेलकोटगढी नगरपालिकाबाट सोह्र कानून जारी

असार १ नुवाकोट | यहाँको बेलकोटगढी नगरपालिकाको दोस्रो नगरसभाले विभिन्न १६ वटा नयाँ कानून कार्यान्वयनमा ल्याएको छ । 

बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोरमा बुधबारको नगरकार्यपालिका बैठक र बिहीबार दोस्रो नगरसभा (व्यवस्थापिका बैठक) मार्फत सर्वसम्मतरुपमा पारित गर्दै ऐन, नियमावली, कार्यविधि र आचारसंहिता समावेश भएको १६ वटा नयाँ कानून कार्यान्वयनमा आएको नगरका प्रमुख राजेन्द्ररमण खनालले घोषणा गर्नुभयो । 

खनालका अनुसार बेलकोटगढी नगरपालिका–११ का वडाध्यक्ष रामहरि पाण्डेको संयोजकत्वमा गठित विधेयक समितिले तयार बनाएको कानूनलाई नगरकार्यपालिका बैठक र दोस्रो नगरसभामा दफाबार छलफल तथा सभाका सदस्यहरुको राय र सुझावका आधारमा अन्तिम रुप दिएर कानून जारी गरिएको हो । 

कार्यान्वयनमा आएको कानूनमा बजार अनुगमन निर्देशिका, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्रसम्बन्धी कार्यविधि, शिक्षा ऐन, सहकारी ऐन, राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, न्यायिक समितिले उजुरीको कारवाही (किनारा लगाउँदा अपनाउनुपर्ने) कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छ । 

यस्तै, अन्य कानूनमा प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, करारमा प्राविधिक कर्मचारी व्यवस्थित गर्ने कार्यविधि, निर्माण व्यवसाय ऐन, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि, कृषि व्यवसाय प्रवद्र्धन ऐन, जलस्रोत उपयोगसम्बन्धी ऐन, नगरका पदाधिकारीको आचारसंहिता, उपभोक्ता समिति गठन (परिचालन व्यवस्थापन) सम्बन्धी कार्यविधि र आर्थिक सहायता पुरस्कार कार्यविधि रहेको छ । 

नगरपालिकाको नेतृत्व जनप्रतिनिधिले लिएको एक वर्षपछि बल्ल पहिलोपटक कानून जारी भएकाले काम, कारवाहीका लागि सहजता पुग्ने विश्वास लिएको उपप्रमुख कविता ढुङ्गानाले जानकारी दिनुभयो । 

उहाँको अनुसार नगरपालिकाको नियमित काम सञ्चालन गर्न कम्तीमा ४२ नयाँ कानून आवश्यक पर्ने भए पनि केन्द्रले पठाएको नमूनाको आधारमा विधेयक समितिमार्फत पहिलो चरणमा पहिलोपटक १६ नयाँ कानून बनाएर जारी गरिएको हो । 

राज्य पुनःसंरचनामार्फत साविकका छ गाविस समावेश गरी स्थापना भएको नगरपालिकालाई सेवा प्रवाहमा कानून, कर्मचारी र भौतिक संरचनाको अभाव मुख्य समस्या रहँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई