Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा बस दुर्घटना: १ को मृत्यु, ७ घाइते, तीनको अवस्था गम्भीर

२०७५, १ असार शुक्रबार १०:३५

असार १, तनहुँ | तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुल नजिक आजर दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका छन् । 

ग१ख ३७०१ नंको बस बुद्धसिं मार्गअन्तर्गतको पक्की सडकबाट करीब २० मिटर तल सेती नदी किनारमा खस्दा देवघाट गाउँपालिका–२ वैदीका ५० वर्षीय दानबहादुर ठकुरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

गम्भीर घाइते भएका सल्यान जिल्ला त्रिवेणी गाउँपालिका–५ का १६ वर्षीय चूडामणि घर्ती, सोही स्थानका ३० वर्षीय नरबहादुर रोका र शुक्लागण्डकी नगरपालिका वडा नं १० निवासी २५ वर्षीया दिलमाया आलेलाई दमौली अस्पतालमा सामान्य उपचारपश्चात् पोखराको मणिपाल अस्पतालमा सिफारिस गरी पठाएको छ । अन्य चार घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो