२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बनौंका विपन्न परिवारलाई आयआर्जनका लागि सहयोग

२०७३, २० बैशाख सोमबार ०४:५६

किशोर सापकोटा , पर्वत । वनौं गाविसस्थित फुलचढाउने सामुदायिक वन उपभोक्ता समूहका अति विपन्न बीस परिवारलाई आयआर्जन अभिवृद्धिका लागि वार्षिक पाँच प्रतिशत ब्याजमा प्रति परिवार पन्ध्र हजारका दरले शनिवार रकम वितरण गरिएको छ ।

रकम वितरण समारोहका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ, पर्वतका अध्यक्ष किशोर सापकोटाले आर्थिक अभावका कारण आयआर्जनका क्रियाकलाप संचालन गर्न नसकेका परिवारलाई सहयोग पुर्याउने उद्देश्यका साथ रकम वितरण गरिएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– “हाम्रो वन व्यवस्थापन दुनियाँकै उदाहरणीय भएकोले संसारभरीका दाताहरु हामीसँग हातेमालो गर्न तयार छन्, त्यसैले ढुक्क भएर सामुदायिक वनको अभियानमा लाग्नुहोस् ।”

बहुसरोकारवाला वन कार्यक्रम र लीबर्डको सहयोगमा सामुदायिक वन उपभोत्ता महासंघ, पर्वतले फूल चढाउने सामुदायिक वन उपभोक्ता समूहलाई उपलब्ध गराएको उक्त रकम समूहले घुम्तिकोषका रुपमा परिचालन गर्दै जाने समूहका अध्यक्ष कुमबहादुर पूर्जाले बताउनुभयो । समूहका अध्यक्ष कुमबहादुर पूर्जाको अध्यक्षता र फेकोफन पर्वतका सामाजिक परिचालक उत्तम परियारको संचालनमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस बनौंका अध्यक्ष होमबहादुर पूर्जा, नेकपा एमालेका अध्यक्ष बुद्धिप्रसाद कँडेल, एमाओवादीका जिल्ला कमिटी सदस्य, गौबहादुर पुन र जनमुक्ति पार्टीका प्रतिनिधि रामबहादुर पूर्जाले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ