पढ्न करिब 4 मिनेट लाग्छ

शिला पाण्डे पर्वत । शनिबारको फुर्सदिलो दिन त्यसमाथि झरी । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजना र प्रगतीशिल लेखक संघ पर्वतको संयोजनमा शिक्षकहरुलाइ लक्षित गरि आयोजना गरिएको प्रगतीशिल कविता प्रतियोगिताको रौनक ।

जिल्लामै पहिलो पटक शिक्षकहरु विच गराइएको कविता प्रतियोगिता कम्ता रोचक थिएन । आफ्नो पेशागत बेदानादेखि समाजमा भएका तितो यर्थाथका कुराहरु टपक्क टिपी फूलबूट्टा भरेर कविता प्रतियोगितामा सहभागी भएका २८ जना शिक्षक र सुन्न र शनिबारको फुर्सदिलो समयलाई कवितामय बनाउन त्यहाँ पुगको सयौं शिक्षक, साहित्यीक मनहरुले खचाखच भरिएको त्यो बन्द कोठाको माहोल ।

विहान ११ बजेदेखि शुरु भएको कविता बाचन कार्यक्रम ४ बजेसम्म निरन्तर चलिरह्यो ।

नेताहरुको स्वभाव भनेको भाषण दिने हो । भाषणमा अब्बल मानिने नेताहरु यस्तै कार्यक्रम र फोरममा आफ्ना भोषणबाट प्रफूल्ल कसरी बनाउने सकिन्छ भन्ने सोचमानै बढी हुन्छन् । विहान ११ बजेदेखि विशिष्ट अतिथिको रुपमा मञ्चमा बसेका नेकपाका नेता भक्त कुवँर दिनभर खुब मज्जाले कविता सुनिरहेका थिए ।

कतिबेला आफ्नो बोल्ने पालो आउला र बोलाउला भन्ने सोच बनाइ बसेका नेता कुँवर दिनभर निकै चाखका साथ कविता सुनिरहेका थिए ।

प्रतियोगीको कविता बाचन कार्यक्रम सकियो । त्यसपछि मंचमा पत्रकार महेन्द्र केसीलाई कविका रुपमा आफ्नो कविता बाचन गर्न उद्घोषक किशोर मनष्वीले मंचमा बोलाए ।

हातमा आफ्नो कविता बोकर गएका केसीले जब आफ्ना कविता पस्किए । त्यसबेला पनि नेता कुँवर निकै उत्सुकताका साथ सुनिरहेका थिए । जब केसीले “क्या बात प्रम केपी ओली” शिषर्कमा कविता शुरु गरे । सायद नेकपाका नेता कुँवरलाइ ओली सरकारकै गुणगान पक्कै हुन्छ भन्ने सोच थियो होला तर कविताले मोड भने अर्के लियो । अर्थात् ओली सरकारको आलोचना, उनका योजनाको आलोचनाबाट कविता शुरु भयो शिरदेखि पुछारसम्म निरन्तर ओलचनानै भयो ।

यस्तो थियो कविता

कविता ः क्या बात प्रम केपी ओली !

हामी सवै नेपालीको एउटै बोली

नौटंकी प्रम केपी ओली

कहिले पाइपमा ग्यास,

कहिले पानी जाहज

त कहिले हावामा विजुली

थोत्रा भाषण सुनेपछि भन्नै पर्छ

हामी सवैका मनमनबाट निस्केको बोली

नौटंकी उखानटुक्के हाम्रा प्रम केपी ओली ।

फोहोरबाट विजुली निस्कीयो

घरघरमा केबुलतार(कार)को लाइन प्रशासरण भयो

अब डुबानमा परेको तराइमा पानीजाहज आउँछ उद्धार गर्न

हुम्ला, जुम्ला , जारकोट पुग्छन नक्कली डाक्टर उपचार गर्न

कानको अप्रेशन गर्ने विरामीको नाकको अप्रेशन हुन्छ

पेटको गर्नेको मुटुको

अनि हुन्छ जताततै जाली

मूर्तबादका नारा हुन्छन् खाली

हामी सवैको मनमनको बोली

क्या पाएछौं उखानटुक्के प्रम केपी ओली ।

मेलम्चीको पानी काठमाडौमा आइसक्यो !

कर्णालीका जनताले भोकमरी राहत पाइसक्यो !

नक्कली पाइलट उडान भर्छन

जनता अब बसमा र्हैन केबुलतार र पानीजाहज चढ्छन्

नक्कली डाक्टरसँग मुख, गिजा, दाँत र जिब्रो जँचाएर

नेता फुर्ती लगाउँदै अनेक थरी भाषणमा भन्छन्

जोसमा हो कि !?

होसमा हो कि !?

बेहोसमा, आउँछन हावामा महल बनाउने बोली

भन्नैपर्छ दिल खोली

क्या बात प्रम केपी ओली ।

जताततै ओलीकै चर्चा र ताली

छैन कुनै कुना –चोटा खाली

सरकारी कार्यालय जाऊँ

या, एनजिओ÷आइएनजिओ जाऊँ

अस्पताल पसौं या शहरका चोकगल्ली

हरेक क्षेत्रमा कुरीति, जालसाँची

विकृतिले सवैलाई गाँजेको छ

झलमल बलेको छ–अध्यारोले देख्न सकिन

पानीजाहज आउँछ कि !?

मेट्रो रेल आउँछ कि !? भनी कुरी बसे

समुन्द्रमा टेक्न सकिन

बाध्यभए खुट्टा डुबाइहाले

ट्राफिक आयो जरिवाना तिरायो

नेताले बनाएको यो देश देखेर भन्नैपर्छ हामी

विदेशीसँग थापेर कुम्लो– झोेली

कुम्लाएर पोको

युवा विदेश पठाएर

फर्किएका कफिनमाथि झारिएका आशु ती

जनताप्रति शासकको क्या सम्मान छ,

भूकम्पको घाउमा भ्रष्टाचारको मलम लाएको

देश मात्रै हैन विदेशमा पनि चर्चा पाएको

हामी सवैले भन्ने पर्छ दिल खोली

जय ! जय !! प्रम केपी ओली !!!

कविताको शीषर्कको सोच अनुसार कविता भन्दा पनि फरक धारमा कविता प्रवाह भयो । केहि समय लगत्तै उनै नेताको भाषण गर्ने पालो आयो । नेता कुवँरले कविता प्रतियोगता आयोजना आयोजकलाई धन्यबाद दिदै सवै शिक्षकका कविता उत्कृष्ठ भएको दाबी गदैं केसिको “क्या बात प्रम केपी ओली” कवितातिर मोडिए ।

उनले सपना देख्नेहरुलेनै सपना साकार गर्ने भन्दै ओली सरकारको बचाउ गरे । नेता कुवँरले ५ बर्षभित्र कवितामा भनिएका झै रेल, ग्यासमा पाइप, फोहोरबाट विजुली, हावाबाट विजुली र पानी जहाज पनि निस्कने दाबी गरे । नेता कुँवरले कवितामा सरकारको आलोचना भएपनि केहि सकरात्मक कुराहरु पनि रहेको भन्दै आफ्नो भाषण दिए ।

कविता प्रतियोगितामा कालीगण्डकी आवसिय मावि कुश्माका शिक्षक वाइपि जोशी प्रथम भएका छन् ।

सामुदायिक विद्यालयका शिक्षकहरुलाई पछि पार्दै उनी प्रथम भएका हुन् । कार्यक्रममा विभिन्न विद्यालयका २८ जना शिक्षक सहभागी भएका थिए । प्रतियोगितामा नारायाणमाविका शिक्षक गोविन्द ढकाल द्धितिय, नवजागृत मावि तिलाहारका शिक्षक दिनेश शर्मा पौडेल तृतीय, अन्नपूर्ण मावि कार्किनेटाका शिक्षक राजु विक सान्तवना भ एभने जनता प्राविकी शिक्षिका गिता अधिकारी उत्कृष्ठ कविता बाचनका रुपमा पुरस्कृत भइन् ।

कार्यक्रममा प्रथम हुनेले ६ हजारm, द्धितियले ४ हजार, तृतीयले ३ हजार र सान्तवना र उत्कृष्ठ कविता बाचन गर्नेले जनही दुइदुइ हजार नगद सहित प्रमाणपत्र पाए । कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष चिरञ्जीवी अधिकारीले अध्यक्षता गरेका थिए भने कार्यक्रमको संचालन किशोर मनष्वीले गरेका थिए ।